• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024

कुमाख गाउँपालिकामा २ सय १३ जनाले रोजगार पाए 

 बैशाख १४,सल्यान

सल्यानको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय १३ जना स्थानीयले रोजगारी पाएका छन् ।
सरकारले बेरोजगारहरूलाई लक्षित गरी सुरु गरेका प्रधानमन्त्री र मुख्यमन्त्री र रोजगार कार्यक्रम अन्तर्गत पालिकामा चालु आर्थिक वर्ष २०८०–८१ मा २ सय १३  जना स्थानियले रोजगारी पाएका हुन् ।
महिला १ सय ७१ जना  र पुरुष ४२ जनाले मुख्यमन्त्री र प्रधानमन्त्री रोजगार कार्यक्रम बाट रोजगार पाएको कुमाख गाउँपालिकाका रोजगार संयोजक जिबन शर्माले बताउनु भयो  । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय २४ जना, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित आयोजना बाट ४९ जना र युवा रोजगारका लागि रुपान्तरण पहल आयोजना बाट ४० जनाले रोजगार पाएको उहाँले बताउनु भयो । उहाँका अनुसार रोजगार पाउनेमा पुरुषको तुलनामा महिलाको संख्या ८० प्रतिशतले बढि रहेको छ  । 
प्रधानमन्त्री कार्यक्रममा औषतमा १ सय दिनको काममा खटाईएको छ भने, मुख्यन्त्री रोजगार कार्यक्रम अन्र्तगतका योजनाहरुमा ६५ दिन बराबरको काममा खटाइएको उहाँले बताउनु भयो । 
बेरोजगारहरूलाई गाउँमै रोजगारी दिने उद्देश्य अनुसार सुरु भएको प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार कार्यक्रमको प्राथमिकता बाटो, सडक निर्माणको लगायत बिभिन्न योजनाहरुको काम भइरहेको उहाँले बताउनु भयो  ।
प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका ७ वटा वडामा  २१ वटा योजना छनौट भै काम भैरहेका छन । गाउँपालिकामा बेरोजगारीमा आवेदन दिनेमा  पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी देखिएको उहाँले बताउनु भयो  ।
रोजगारीका लागि यस बर्ष गाउँपालिकामा २५ सय ५० जना बेरोजार व्यक्तिले आवेदन दिएका थिए भने अर्को बर्ष काम गर्न लागि १७ सय ४० जना व्यक्तिले रोजगारको लागि आवेदन दिएको गाउँपालिकाका रोजगार संयोजक शर्माले बताउनु भयो ।  
रोजगारीको लागि कुमाख गाउँपालिकाले यस बर्ष साझेदारी रुपमा काम गर्नको लागि २८ लाख बजेट विनियोजन गरेको थियो । नागरिकलाई रोजगारीको प्रत्याभूति गर्ने, कामका लागि पारिश्रमिकमार्फत गरिबी न्यूनीकरण र सामाजिक सुरक्षामा योगदान पु–याउने र बाध्यात्मक वैदेशिक रोजगारीको क्रमशः अन्त्य गर्ने उदेश्यले सरकारकाले बर्षेणी बिभिन्न रोजगारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ  ।

प्रतिकृया दिनुहोस

अवको अजेण्डा  समाजबाद : सह इञ्चार्ज बस्नेत

सल्यान, वैशाख २१ गते, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सह ईञ्चार्ज टेकवहादुर वस्नेतले समाजवादलाई केन्द्रमा राखेर अवको वहस थालिनुपर्ने

सल्यानको भोटेचौरमा निर्माण भएको गौशाला सञ्चालनमा

 बैशाख २१,सल्यान सल्यानको भोटेचौरमा छाडा पशुचौपाया संरक्षण गर्न गौशाला निर्माण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको ५ लाख,

सल्यानका क्रियाशिल पत्रकार शर्मा सम्मानित

सल्यान, वैशाख  १५ गते । सल्यानका क्रियाशिल पत्रकार  प्रतीक इच्छुक शर्मा  सम्मानित हुनुभएको छ । दार्मागाउँपालिका २ निवासी पत्रकार शर्मालाई