• सोमबार २-७-२०८१/Monday 05-20-2024

सल्यानका क्रियाशिल पत्रकार शर्मा सम्मानित


सल्यान, वैशाख  १५ गते ।

सल्यानका क्रियाशिल पत्रकार  प्रतीक इच्छुक शर्मा  सम्मानित हुनुभएको छ । दार्मागाउँपालिका २ निवासी पत्रकार शर्मालाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले सम्मान गरेको हो । 
शनिबार दैलेखको कोतगढीमा भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको ऐतिहासिक तेस्रो प्रदेश अधिवेशनको अवसरमा उहाँलाई सम्मान गरिएको हो । पत्रकारीता क्षेत्रमा पु¥याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै  शर्मालाई सम्मान गरिएको हो । शर्मा विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । हाल उहाँ गोरखापत्र राष्ट्रिय दैनिक, नेपाल टेलिभिजन, रेडियो शारदा एफएममा कार्यरत हुनुहुन्छ । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशका अध्यक्ष रहेका शर्मा नेपाल पत्रकार महासंघ सल्यानका पूर्व अध्यक्ष र कर्णाली प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री राजकुमार शर्माको प्रेस सल्लाहकार -विज्ञ-रुपमा काम गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

सल्यानमा मोटरसाइकल र स्कोरपियो ठोकिदा २ जना घाइते

 जेठ ६,सल्यान सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान शारदा नगरपालिका १ पटनेरी स्थित खलंगा

सल्यानका बेसहारा बालबालिकालाई दार्मा र सिद्धकुमाख गाउँपालिकाद्धारा आर्थिक सहयोग

जेठ ४,सल्यान सल्यानका बेसहारा बालबालिकालाई आर्थिक सहयोग र खाद्यन्न सहयोग गरिएको छ । दार्मा गाउँपालिका सल्यान र सिद्धकुमाख गाउँपालिका सल्यानले बुबा

सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद

१ जेठ, २०८१ सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद सल्यानका बिभिन्न स्थानमा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित