• सोमबार २-७-२०८१/Monday 05-20-2024

अवको अजेण्डा  समाजबाद : सह इञ्चार्ज बस्नेत


सल्यान, वैशाख २१ गते,

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सह ईञ्चार्ज टेकवहादुर वस्नेतले समाजवादलाई केन्द्रमा राखेर अवको वहस थालिनुपर्ने वताउनुभएको छ । उहाले भन्नुभयो  “ संविधानको प्रस्तावनामै उल्लेख भएको समाजवाद प्राप्तीका लागि सवैले समाजवादका वारेमा वहस चलाउन आवश्यक छ । ”
नेकपा ९माओवादी केन्द्र० सल्यानको सातौ पूर्णवैठकलाई खलंगामा सम्वोधन वस्नेतले समाजवादका लागि सचेत प्रयत्न गर्नु पर्ने र त्यसका लागि अवको अजेण्डा समाजवाद हुने वताउनुभयो ।
नेकपा माओवादीका केन्द्र कर्णाली प्रदेशका अध्यक्ष विमला केसीले पाटीलाई जनताका सेवामा केन्द्रीत गर्ने गरि कार्यक्रम र अभियान सञ्चालन गर्नुपर्ने वताउनुभयो । उहाले भन्नुभयो “ राजनैतिक कार्यक्रम मार्फत जनताको सेवामा निरन्तर कृयाशिल भएर पार्टीलाई मजवुत वनाउन सकिन्छ , त्यही अनुसार जनतामा जाने कार्यक्रम वनाउनु आवश्यक छ ।” 

नेकपा९माओवादी केन्द्र०का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका निर्वतमान भूमि ब्यवस्था तथा कृषि मन्त्री भीमप्रकाश शर्माले पार्टीलाई एकतावद्ध र सुदृढ गरेर मात्र जनताको सेवालाई प्रभावकारी बनाउन सकिने भएकाले सवै नेताकार्यकर्ता साझा वुझाइका साथ जनतामा जानुपर्ने वताउनुभयो । उहाले भन्नुभयो “ पाटीले दिएको जीम्मेवारी ईमान्दारिताका साथ पुरा गरेर मात्र जनताको सेवा गर्न सकिन्छ । एकतावद्ध भएर जनतामा जाऔ ।” नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज कृतिवहादुर पुनले सल्यानमा माओवादीको जनआधारलाई थप मजवुत वनाउन तीन महिने अभियानलाई प्रभावकारी वनाईने वताउनुभयो ।
तीन महिने अ भियान सञ्चालन गरिने  नेकपा माओवादी केन्द्रले सल्यानमा तीन महिने पार्टी संगठन सुदृढिकरण तथा विस्तार अभियान सञ्चालन गर्ने भएको छ । शुक्रवार सम्पनन सल्यान जिल्लाको सातौपूर्ण वैठकले अभियानलाई तीन चरणमा सम्पन्न गर्ने कार्ययोजना बनाएको जिल्ला अध्यक्ष मानवहादुर मल्लले वताउनुभयो । उहाकाका अनुसार पहिलो चरण वैशाख २२ गते — जेठ २२ गते दोश्रो चरण जेठ २२ देखि अषाढ २२ र  अषाढ २२ देखि साउन २२ गते सम्म तेश्रो चरणको अभियान सञ्चालन गरिने  छ । पहिलो चरणमा पार्टी र जवसका १० वटै पालिकामा वैठक तथा प्रशिक्षण सञ्चालन गरिने छ  भने दोश्रो चरणमा वडा र टोल स्तरमा कमिटी वैठक, भेला कार्यक्रम सञ्चालन गरिने छ। यस्तै तेश्रो चरणमा  जिल्ला र पालिका स्तरमा शैद्धान्तिक प्रशिक्षण सञ्चालन गर्ने निणर्य गरेको छ । यस्तै वैठकले रिक्त रहेको जिल्ला समन्वय समितिको सचिवमा कृतिवहादुर रानालाई मनोनयन गरेको छ ।
वैशाख २८ गते सल्यान दार्मामा प्रधानमन्त्री प्रचण्ड आउने दार्मागाउँपालिका सल्यानको प्रशासकीय भवन उद्घाटन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले गनुहुने भएको छ ।  यही वैशाख २८ गते  विहान १० वजे प्रचण्डले दार्मागाउँपालिकाको प्रशासकीय भवनको समुदघाटन गर्ने तालिका रहेको दार्मागाउँपालिका अध्यक्ष निमवहादुर के।सीले  जानकारी दिनुभयो । उहाका अनुसार  दार्मागाउँपालिकाको निमन्त्रणमा प्रधानमन्त्री प्रचण्ड दार्मागाउँपालिका आउन लाग्नुभएको हो । दार्मागाउँपालिका सल्यान ६ वडा र पालिका अध्यक्ष उपाध्यक्ष माओवादीको नेतृत्वमा रहेको छ ।

प्रतिकृया दिनुहोस

सल्यानमा मोटरसाइकल र स्कोरपियो ठोकिदा २ जना घाइते

 जेठ ६,सल्यान सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान शारदा नगरपालिका १ पटनेरी स्थित खलंगा

सल्यानका बेसहारा बालबालिकालाई दार्मा र सिद्धकुमाख गाउँपालिकाद्धारा आर्थिक सहयोग

जेठ ४,सल्यान सल्यानका बेसहारा बालबालिकालाई आर्थिक सहयोग र खाद्यन्न सहयोग गरिएको छ । दार्मा गाउँपालिका सल्यान र सिद्धकुमाख गाउँपालिका सल्यानले बुबा

सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद

१ जेठ, २०८१ सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद सल्यानका बिभिन्न स्थानमा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित