• आइतबार २-६-२०८१/Sunday 05-19-2024

सल्यानको भोटेचौरमा निर्माण भएको गौशाला सञ्चालनमा

 बैशाख २१,सल्यान

सल्यानको भोटेचौरमा छाडा पशुचौपाया संरक्षण गर्न गौशाला निर्माण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको ५ लाख, छत्रेश्वरी गाउँपालिकाको ३ लाख २५ हजार र स्थानीय उपभोक्ताहरुको १ लाख ७५ हजार गरेर १० लाख लागतमा छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित भुवनेश्वरी सामुदायीक वन नजिकमा गौशालामा निर्माण गरिएको हो । निर्माण भएको गौशाला भवनको आज एक कार्यक्रमका बिच छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले उद्घघाटन गर्नुभएको छ । गौशालाको उद्घघाटन गर्दै गाउँपालिकाका अध्यक्ष बुढाथोकीले छाडा पशु चौपाया व्यवस्थापन गर्न पालिकाले काम गरिरहेको बताउनु भयो । बजार र आसपासका क्षेत्रहरुमा छाडा पशुु चौपायाले किसानहरुको बालीनाली खाएर सखाप पारेपछि किसानहरुको मागलाई ध्यान दिदै गाउँपालिकाले छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गरेको बताउनु भयो । पछिल्लो समय छाडा पशुचौपायले समस्या बनाएपछि गाउँपालिकाले २ स्थानमा गौशाला निर्माण गरि संरक्षण गरिरहेको बताउनु भयो । छाडा गाई व्यवस्थापनका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउदै पालिकाको सीमित बजेट हुने भएकोले एकैपटक धेरै रकम विनियोजन हुन नसकेपनि क्रमशः सहयोग गर्दै गौशालालाइ व्यवस्थित गर्दै लैजाने अध्यक्ष बुढाथोकीले बताउनु भयो । यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी केसीले छाडा गाइले धेरै किसानको बालीनालीमा क्षेति पुर्याउदै आएकाले यसको व्यवस्थापनको लागि गौशाला निर्माण गरिएको बताउनु भयो । पालिकाले गाइ व्यवस्थापनको लागि समिती नै गठन गरेर काम अगाडी बढाएको बताउनु भयो । गौशाला निर्माण गरेर गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई प्रयोग गर्न र गौशाला ब्यवस्थापनमा ध्यान दिन गाइ व्यवस्थापन समितीलाई आग्रह गर्नुभयो । कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले छाडा गाइले सडक दुर्घटनाको जोखिमको समस्या निम्त्याएकाले गौशाला निर्माणले सहयोग पुग्ने बताउनु भयो । यसको संरक्षण गर्न सबैको पहल आवश्यक रहेकाले आगामी दिनमा यसलाई सुधार गर्दै लैजान आग्रह गर्नुभयो । वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढामगरले गाई संरक्षण र व्यवस्थापनको यो कार्य अत्यन्तै राम्रो भएको भन्दै सवैले सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो । लामो समय देखि छरिएर रहेका गाइलाई व्यवस्थापन गर्न सफल भएको भन्दै उहाँले व यसलाई सुधार्न सबैले पहल गर्नुपर्ने बताउनु भयो । तिन वटा कोठा रहेको गौशालामा एक कोठामा ठुला गाइ र अर्को कोठामा साना बाछा राखिने र अर्को कोठा स्टोरको रुपमा प्रयोग गरिने भोटेचौर गाई व्यवस्थापन समितिका अध्यक्ष रेशम बहादुर खड्काले बताउनु भयो । उहाँका अनुसार अहिले गौशालामा साना ठुला गरि २६ वटा गाइ छन । समितिका सचिव शुशिला बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यपालिका सदस्य रेणु विक, वडा नं ६ का वडा सदस्यहरु खड्गनाथ योगी, सागर नेपाली पशु सेवा कार्यालय सल्यानका लेखा अधिकृत गणेश भण्डारी, योजना प्रमुख विरेन्द्र केसी, गाउँपालिकाको सचिवालयबाट खडग बहादुर शाही, नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, उपाध्यक्ष सरिता चलाउने, छत्रेश्वरी गाउँपालिका पशु सेवा शाखाका प्रमुख राम बहादुर केसी, सब डिभिवन वन कार्यालय लान्तीका प्रतिनिधी देव बहादुर केसी, प्रहरी चौकी भोटेचौरका प्रमुख कृष्ण बहादुर बुढा लगाएतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण अमर बहादुर थापाले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सल्यानमा मोटरसाइकल र स्कोरपियो ठोकिदा २ जना घाइते

 जेठ ६,सल्यान सल्यानमा मोटरसाइकल र स्कोरपियो गाडी एक आपसमा ठोकिदा दुई जना घाइते भएका छन् । आइतबार दिउँसो सल्यान शारदा नगरपालिका १ पटनेरी स्थित खलंगा

सल्यानका बेसहारा बालबालिकालाई दार्मा र सिद्धकुमाख गाउँपालिकाद्धारा आर्थिक सहयोग

जेठ ४,सल्यान सल्यानका बेसहारा बालबालिकालाई आर्थिक सहयोग र खाद्यन्न सहयोग गरिएको छ । दार्मा गाउँपालिका सल्यान र सिद्धकुमाख गाउँपालिका सल्यानले बुबा

सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद

१ जेठ, २०८१ सल्यानमा वजार अनुगमन गरि २५ हजार बराबरको अखाद्य बस्तु बरामद सल्यानका बिभिन्न स्थानमा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित