• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024

सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुदैँ

चैत्र २७, सल्यान 

सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । शारदा नगरपालिका सल्यानको आयोजना र जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा खलंगाको लुहापिङमा भोली देखि शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुने भएको हो । शारदा नगरपालिका सल्यानले बुधबार पत्रकार सम्मेलन गरि अन्तरपालिका स्तरीय शारदा मेयर टि–२० कप क्रिकेटको तयारी पुरा भएको जनाएको छ । २०८० चैत २८ गते देखी २०८१ बैशाख ३ गतेसम्म सञ्चालन हुने शारदा मेयर टि–२० कप क्रिकेटको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिनुभएको हो ।

प्रतियोगितामा जिल्लाको कुमाख गाउँपालिका र दार्मा गाउँपालिका बाहेक बाँकी ८ वटै स्थानिय तहका १ सय २८ जना क्रिकेट खेलाडीको सहभागिता रहने छ । नगर प्रमुख भण्डारीले प्रतियोगिताको विजेता टिमले एक लाख रुपैँया र उपविजेता टिमले ५० हजार रुपैँया पुरस्कार पाउने बताउनुभयो । जसमा प्लेयर अफ म्याच, प्लेयर अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, वेष्ट किपर लगाएतका विधामा पनि पुरस्कृत गरिने उहाँको भनाइ छ । शारदा नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैँयाबाट प्रतियोगिता सञ्चालन गर्न थालिएको हो ।

पछिल्लो समय खेल पारखी बढदै गएको र क्रिकेट खेल प्रति खेलाडीको चासो बढदै गएकाले सल्यानमा पनि क्रिकेट खेललाई चलायमान बनाउनको लागि प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो ।  

प्रतियोगितामा सहभागि भएका ८ वटा पालिकालाई दुई समुहमा विभाजन गरेर आइसिसिको नियमअनुसार लिग चरणमा खेल हुने छ । जसमा समुह ए मा बन्गाड कुपिण्डे नगरपालिका, कपुरकोट गाउँपालिका, बागचौर नगरपालिका र कालिमाटी गाउँपालिका छन् । यस्तै समुह विमा सिद्ध कुमाख गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका र त्रिबेणी गाउँपालिका रहेका छन् । लिग चरणमा फाइनल सहित १३ वटा खेल हुने जिल्ला क्रिकेट संघ सल्यानका अध्यक्ष तथा शारदा नगरपालिका–२ का वडाअध्यक्ष सविन हमालले जानकारी दिनुभयो । दुबै समुहबाट पहिलो हुने २ टिम फाइनलमा उपाधिका लागि भिड्ने छन् । पछिल्लो समय क्रिकेट प्रतिको आर्कषित बढदै गएको र जिल्लामा क्रिकेटको बिकास गर्ने उदेश्यले पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनु भयो ।  भोली ११ बजे बाट सुरु हुने मेयरकप टि २० क्रिकेट प्रतियोगिताको उद्धघाटन पुर्व गृहराज्यमन्त्री देवेन्द्रराज कडेलले गर्नुहुने भएको छ ।

भोलि बाट हुने टि २० क्रिकेट प्रतियोगिताका लागि क्यानले ३६ वटा बल र एक वटा म्याट उपलब्ध गराएको छ ।

प्रतिकृया दिनुहोस

कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड खेल्न सल्यान बाट ९७ जना खेलाडी छनोट

फाल्गुन ३, सल्यान कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि सल्यान बाट ९७  जना खेलाडी छनोट भएका छन । यही फागुन ७ गते बाट

अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली बाट २२ जना तेकान्दो खेलाडी छनोट 

माघ २९, सल्यान आगामी फागुनमा हुने अन्तर प्रदेशस्तरीय तेकान्दो प्रतियोगिताका लागि कर्णाली बाट २२ जना खेलाडी छनोट भएका छन । सल्यान खलंगामा सम्पन्न

सल्यानमा कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सुरु

माघ २७,सल्यान  कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सल्यानको खलंगामा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र