• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सल्यानमा कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सुरु

माघ २७,सल्यान 
कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सल्यानको खलंगामा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र कर्णाली प्रदेश खेलकुद परिषदको समन्वयमा कर्णाली प्रदेशस्तरिय छनोट प्रतियोगिता सुरु भएको हो । 

आगामी फागुन २९ गते देखि बागमती खेलकुद परिषद्को आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट  सहभागी जनाउने खेलाडीहरुलाई छनोट गर्नको लागि प्रतियोगिता सुरु भएको जिल्ला खेलकुद विकास समिति सल्यानले जनाएको छ  । 

छनोट प्रतियोगितामा कर्णाली प्रदेशका ८ जिल्ला सल्यान लगायत , सुर्खेत , कालिकोट , जुम्ला , रुकुम पश्चिम , दैलेख , डोल्पा, मुगुका तेक्वान्दो खेलाडीहरुको उपस्थिति रहेको छ । अन्तरप्रदेश स्तरिय खेलकुद प्रतियोगितामा  कर्णाली बाट महिला पुरुष गरि २२ जना तेक्वान्दो खेलाडीहरु छनोट भएर सहभागि हुनेछन । छनोट  प्रतियोगिता माघ २९ गते सम्म चल्नेछ ।

प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिताको आज एक कार्यक्रमका बिच शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले उद्धघाटन गर्नुभयो । उद्धघाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भण्डारीले खेलकुदले मानिसलाई अब्बल बनाउने मात्र नभएर देशलाई नै चिनाउनको लागि खेलको आवश्यकता रहेको बताउनु भयो । 
खेल प्रशिक्षकको अभाव भएकाले अहिले पनि जिल्ला खेलकुदको क्षेत्रमा पछाडी परेकाले यसलाई सबैले चासोको रुपमा लिनुपर्ने बताउनु भयो । शारदा नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिएको र अव नगरपालिका प्रत्येक माबिमा खेल प्रशिक्षक शिक्षको व्यवस्था गर्नुपर्ने वताउनु भयो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीले खेलकुदले नै बिभिन्न देशलाई चिनाउदै आएकाले खेल प्रति सबैले चासो दिनुपर्ने बताउनु भयो । जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष खडग प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका खेल बिज्ञ, खेल प्रशिक्षकहरुको उपस्थिति रहेको छ । 

प्रतिकृया दिनुहोस

सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुदैँ

चैत्र २७, सल्यान  सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । शारदा नगरपालिका सल्यानको आयोजना र

कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड खेल्न सल्यान बाट ९७ जना खेलाडी छनोट

फाल्गुन ३, सल्यान कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि सल्यान बाट ९७  जना खेलाडी छनोट भएका छन । यही फागुन ७ गते बाट

अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली बाट २२ जना तेकान्दो खेलाडी छनोट 

माघ २९, सल्यान आगामी फागुनमा हुने अन्तर प्रदेशस्तरीय तेकान्दो प्रतियोगिताका लागि कर्णाली बाट २२ जना खेलाडी छनोट भएका छन । सल्यान खलंगामा सम्पन्न