• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

अन्तर प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली बाट २२ जना तेकान्दो खेलाडी छनोट 

माघ २९, सल्यान
आगामी फागुनमा हुने अन्तर प्रदेशस्तरीय तेकान्दो प्रतियोगिताका लागि कर्णाली बाट २२ जना खेलाडी छनोट भएका छन । सल्यान खलंगामा सम्पन्न भएको कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता बाट ११ जना महिला र ११ जना पुरुष गरि २२ जना तेकान्दोको खेलाडी छनोट भएका हुन ।  
आगामी फागुन २९ गते देखि बागमती खेलकुद परिषद्को आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट सहभागी जनाउने खेलाडीहरु छनोट गरिएको जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष खडग प्रसाद आचार्यले जानकारी दिनुभयो । छनोट प्रतियोगितामा कर्णाली प्रदेश ८ जिल्लाका तेकान्दो खेलाडीहरुको सहभागिता रहेको थियो ।  छनोट प्रतियोगितामा कर्णाली प्रदेशका ८ जिल्ला सल्यान लगायत , सुर्खेत , कालिकोट , जुम्ला , रुकुम पश्चिम , दैलेख , डोल्पा, मुगुका तेक्वान्दो खेलाडीहरुको उपस्थिति रहेको छ । अन्तरप्रदेश स्तरिय खेलकुद प्रतियोगितामा  कर्णाली बाट महिला पुरुष गरि २२ जना तेक्वान्दो खेलाडीहरु छनोट भएर सहभागि हुनेछन । छनोट  प्रतियोगिता माघ २९ गते सम्म चल्नेछ ।
छनोटमा पुरुष तर्फ रोहन गिरी सल्यान, जिवन राम्जालिमगर सुर्खेत, योगेन्द्र शाह सल्यान जिवन बोहरा सुर्खेत खडक बिक रुकुम पश्चिम, पुर्णा बिक सर्खेत र नरेन्द्र रावत जुम्ला रहनुभएको छ । यस्तै महिला तर्फ पुर्णिमा बिक सुर्खेत, दुर्गी खत्री सुर्खेत, सृष्टी शाही सुर्खेत, प्रमिला शाकीृ जुम्ला बिबिका बस्नेत सुर्खेत पुजा गाहा सर्खेत र अंसु श्रेष्ठ रुकुम पश्चिम रहनुभएको छ ।  
 

प्रतिकृया दिनुहोस

सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुदैँ

चैत्र २७, सल्यान  सल्यानमा भोलि बाट अन्तरपालिका स्तरीय शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । शारदा नगरपालिका सल्यानको आयोजना र

कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड खेल्न सल्यान बाट ९७ जना खेलाडी छनोट

फाल्गुन ३, सल्यान कर्णाली प्रदेश स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताका लागि सल्यान बाट ९७  जना खेलाडी छनोट भएका छन । यही फागुन ७ गते बाट

सल्यानमा कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सुरु

माघ २७,सल्यान  कर्णाली प्रदेश स्तरीय तेक्वान्दो छनोट प्रतियोगिता सल्यानको खलंगामा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सल्यानको आयोजना र