• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024

एमाले सल्यानको १० औँ जिल्ला अधिवेशन सुरुः ८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत  एमाले सित छ : उपाध्यक्ष ज्ञवाली

चैत्र १८, सल्यान 
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमालेलाई धुलो चटाउने भनेर हिडेका पार्टीहरु अहिले असफल भएको बताउनु भएको छ । नेकपा एमाले सल्यानको १० औँ जिल्ला अधिवेशनको उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले नेपाली कांग्रेस, माओवादी, समाजवादी सहितको पाँच दलिय गठबन्धनले एमालेलाई धुलो चटाउने भनेर हिडिरहेको तर असफल भएको बताउनु भयो । पाँच वटा दल मिल्दा पनि एमाले जतिको भोट ल्याउन नसकेकाले अहिले ति पार्टीहरुले एमालेलाई जित्न नसकिदो रहेछ भनेर प्रचण्ड माधवले बुझिसकेको बताउनु भयो  ।
 हिजो उहाँहरुले कांग्रेसलाई साथ दिएर एमालेलाई सिध्याउन लाग्नुभयो, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो,“ नेतृत्व प्रधानमन्त्री प्रचण्डले गरेको भएपनि कांग्रसको निति कार्यक्रम लागु गर्ने सरकार थियो, दक्षिणपन्थी गठबन्धन भनेर त्यतिबेला हामीले बिरोध गरेका थिएउ” जसरी पनि त्यो गठबन्धन भत्काउनु पर्ने थियो, भत्काएरै छोडियो पनि ,
अहिले एमाले माओवादी लगायतका दल मिलेर बनेको समिकरणलाई टिएकाएर २०८४ साल सम्म कायम राख्ने बताउनु भयो । अहिलेको समिकरणलाई भत्काउन सबै देशि बिदेशी शक्तिहरु लागि परेकाले यसलाई बिचमा टुनन नदिनको लागि आफुहरु सचेत भएको बताउनु भयो । 
फरक प्रसंगमा उपाध्यक्ष ज्ञवालीले ८४ को निर्वाचनमा एमाले एक्लै चुनावमा जाने र एक्लै बहुमत ल्याउने मानसिकताका साथ अगाडी बढने नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कसैको बैशाखी लिएर चुनाव जितौला भन्ने मानसिकता लिएर अगाडी बढे राम्रो नतिजा ल्याउन नसकिने भएकाले एक्लै बहुमत ल्याउने गरि तयारी थाल्न आग्रह गर्नुभएको हो । 
उहाँले भन्नु भयो, मोआवादी, समाजवादी सित मिलेर चुनाव लडिन्छ, किन दुख गर्ने भन्ने निस्क्रिय मानसिकता नराख्नुस, के थाहाँ भोली प्रचण्ड कता लाग्नु हुन्छ, माधव कता लाग्नुहुन्छ ठेगान छैन, यस कारण हामीले आफनो तयारी आजै बाट थाल्नु पर्छ, । ८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत  एमाले सित भएकाले आजै बाट तयारी थालेर यसको आधार खडा गर्नुपर्ने उपाध्यक्ष ज्ञवालीले आग्रह गर्नुभयो । 
यसैबिच नेकपा एमाले सल्यानको १० औँ जिल्ला अधिवेशन आज बाट सल्यानको खलंगामा सुरु भएको छ । जिल्ला समन्वय समितीको सभाहलमा सुरु भएको अधिवेशन २० गते सम्म चल्ने छ । अधिवेशनमा भूगोलबाट २ सय १० जना, सल्लाहकार परिषदबाट २५ जना, मुल आयोजक समितिबाट ८० जना, जनबर्गिय संगठनबाट १९ जना र मनोनीतबाट १७ जना गरि ३ सय ५१ जना प्रतिनिधि सहभागी अधिबेशनमा सहभागि भएका छन् ।  अधिबेशनको उद्घाटन सत्रमा बोल्दै एमालेका सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले समाजवादको लक्ष्य प्राप्तिको लागि पार्टी भित्रको आन्तरिक द्धन्द्ध अन्त्य गरिनुपर्ने बताउनुभएको छ । कार्यक्रममा निर्वाचन आयोगका केन्द्रिय अध्यक्ष डा. विजय सुब्बा, पार्टीका पोलिट्ब्यूरो सदस्य तथा सल्यान जिल्ला इन्चार्ज भैरब सुन्दर श्रेष्ठ, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाब जङ्ग शाह लगायतका नेताहरुले बोल्नुभएको थियो ।
पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भिम बहादुर सेनले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी सचिव ओज बहादुर बुढाथोकीले गर्नुभएको थियो । अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने छ ।
 

प्रतिकृया दिनुहोस

कुपिण्डे तालमा लालझण्डा र चाबी बुझाएर समापन गरियो जनता सँग माओवादी विशेष रुपान्तरण अभियान

पुष १७, सल्यान  नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी विशेष रुपान्तरण अभियान सल्यानले लालझण्डा र चाबी बुझाएर अभियानको समापन गरेको छ । भदौ १६ गते

सरकारले खेल क्षेत्रमा लगानी गरेको छ कर्णाली प्रदेशका अर्थमन्त्री : मन्त्री सिंह

सल्यान, १७ पुस । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाउदै लगेको बताउनु भएको छ ।

सल्यानमा लाइफ चेन्जर विकास आयोजनाहरुको आवश्यकता छ : इन्चार्ज भण्डारी

कात्तिक १७, सल्यान  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनता सँग माओवादी रुपान्तरण अभियानका सल्यान जिल्ला ईन्चार्ज नरेश भण्डारीले