• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

कुपिण्डे तालमा लालझण्डा र चाबी बुझाएर समापन गरियो जनता सँग माओवादी विशेष रुपान्तरण अभियान

पुष १७, सल्यान 

नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी विशेष रुपान्तरण अभियान सल्यानले लालझण्डा र चाबी बुझाएर अभियानको समापन गरेको छ । भदौ १६ गते देखि सुरु भएको अभियान चार महिना सम्म चलेको थियो । मंगलबार सल्यानको कुपिण्डे तालमा एक भव्य कार्यक्रमको आयोजना गरि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अभियानका इन्चार्ज नरेश भण्डारीले नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक  कृति बहादुर पुन प्रकाण्डलाई झण्डा र चाबी बुझाएर अभियानको समापन गर्नुभएको हो । 
पार्टी रुपान्तरण गर्न र जनताका समस्या जनताकै घरदैलोमा प्रत्यक्ष पुगेर बुझ्नका लागि नेकपा माओवादी केन्द्रले जनता सँग माओवादी बिशेष रुपान्तरण अभियान सञ्चालन गरेको थियो । जस अन्र्तगत नेकपा माओवादी केन्द्रले अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला इन्चार्ज देखि पालिका र वडा इन्चार्ज समेत तोकेर पठाएको थियो । अभियानभर सल्यानमा ७१ हजार जनता सँग अभियानको टोलीले भेटघाट गर्नुका साथै जनता सँग श्रम समेत गरेको थियो । समापन कार्यक्रममा अभियान भर भएका कामहरुको समिक्षा, पालिकाहरुको रिर्पोटिङ, पालिकागत गतिविधि लगायतका बिषयमा छलफल भएको थियो । 
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अभियानका इन्चार्ज नरेश भण्डारीको  अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कालिबहादुर मल्लले रुपान्तरण अभियान भनेको आफ्नो अनुहार जनतामाझ ऐनाको रुपमा प्रस्तुत हुनका लागि भएको बताउनु भयो । जहाँ जहाँ माओवादीमा भित्र फोहोर र दाग थियो त्यो दाग पनि जनताकै सामु सफा गर्न सफल भएको बताउनु भयो ।  
उहाँले भन्नु भयो,“ हामी भित्र रहेका फोहोर सफा भएको छ, मन मष्तिकमा फोहोरलाई सफा गरेका छौ, यो काम हाम्रो लागि सम्पन्न भएको छ,  जनता माझ गएर जनताको समस्या बुझेउ, सफा भएर जनता माझ बाट आएका छौ । 
सच्चिने सच्याउने काम र नयाँ पाटी निर्माणका आधार जनताले दिएकाले अव त्यो बाटोमा लाग्नुपर्ने बताउनु भयो । 
चाबी हस्तान्तरण गर्दै इन्चार्ज भण्डारीले अभियानको क्रममा नेतृत्व गरिरहदा सल्यान जिल्ला लाई नजिक बाट बुझ्ने मौका पाएको बताउनु भएको छ  । सल्यान जिल्ला प्रचुर सम्भावना बोकेको जिल्ला भएपनि यहाँका जनता हेपिएको र अवसर बाट बञ्चित भएको बताउनु भयो ।आफु अभियानमा हिडिरहदा सल्यानको माटोलाई स्पर्श गरेको बताउदै यही माटोलाई साचि राखेर यहाँका जनतालाई न्याय दिलाउनमा लागिपर्ने प्रतिवद्धता जनाउनु भयो । 
सल्यानी जनताको माया र साथ निश्वार्थ भावले पाएको भन्दै इन्चार्ज भण्डारीले पाटीले खटाएमा फेरि सहर्स स्वीकार गरेर सल्यानी जनताको चहराईरहेको घाउँमा मलहम पट्टी लगाउन कुनै कसर बाकी नराख्ने बताउनु भयो । इन्चार्ज भण्डारीले झण्डालाई झुक्न नदिन र पाटी एकताबद्ध, सुढृद  र समृद्धिको चाबीलाई सही ठाउँमा प्रयोग गरिदिन आग्रह गर्नुभयो । 
कार्यक्रममा अभियान विशेषांक पार्टीको मुखपत्र सल्यान संकल्पको बिमोचन गरिएको थियो भने जिल्ला अभियान टोलीलाई सम्मान, अभियानमा सक्रिय र उत्कृष्ट कार्य सम्पादन गर्नेहरुलाई पुरस्कार सहित सम्मान गरिएको जिल्ला संयोजक कृती बहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला इन्चार्जल गायतका अभियान्ता बिदाई समापन कार्यक्रम बाट बिदाई गरिएको हो । 
अभियानको समापन कार्यक्रममा समसामयिक प्रस्ताब र कुपिण्डे घोषणापत्र सार्वजनिक समेत सार्वजनिक गरिएको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, पाटीका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि मन्त्री भिम प्रकाश शर्मा, केन्द्रिय सल्लाहकार उमाकान्त शर्मा लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमको सञ्चालन कृती बहादुर पुन प्रकाण्डले गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

एमाले सल्यानको १० औँ जिल्ला अधिवेशन सुरुः ८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत  एमाले सित छ : उपाध्यक्ष ज्ञवाली

चैत्र १८, सल्यान  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमालेलाई धुलो चटाउने भनेर हिडेका पार्टीहरु अहिले असफल भएको बताउनु भएको छ । नेकपा

सरकारले खेल क्षेत्रमा लगानी गरेको छ कर्णाली प्रदेशका अर्थमन्त्री : मन्त्री सिंह

सल्यान, १७ पुस । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाउदै लगेको बताउनु भएको छ ।

सल्यानमा लाइफ चेन्जर विकास आयोजनाहरुको आवश्यकता छ : इन्चार्ज भण्डारी

कात्तिक १७, सल्यान  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनता सँग माओवादी रुपान्तरण अभियानका सल्यान जिल्ला ईन्चार्ज नरेश भण्डारीले