• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सल्यानमा लाइफ चेन्जर विकास आयोजनाहरुको आवश्यकता छ : इन्चार्ज भण्डारी

कात्तिक १७, सल्यान 
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनता सँग माओवादी रुपान्तरण अभियानका सल्यान जिल्ला ईन्चार्ज नरेश भण्डारीले सल्यानलाई बिकासको मोडेलमा लैजान आवश्यक भएको बताउनु भएको छ ।  सल्यानमा लाइफ चेन्जर विकास आयोजनाहरुको आवश्यकता भएको भन्दै जनताले लाभ र अनुभुति गर्ने गरि सल्यानलाई बिकासको मोडेलमा लैजान आवश्यक देखिएको बताउनु भयो । 
जनता सँग माओवादी रुपान्तरण अभियानका अन्तर्गत नेकपा माओवादी केन्द्र सल्यानले शुक्रबार सल्यानको खलंगामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा इन्चार्ज भण्डारीले जिल्लालाई बिकासको मोडेलमा लैजानको लागि मेघा प्रोजेक्टका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनु भयो । जिल्लामा अहिले सम्म पनि सुबिधा सम्पन्न अस्पताल र आंगिक कलेज नभएकाले शिक्षा र स्वास्थ्यमा सहज रुपमा पहुँच पुर्याउन ध्यान केन्द्रित गरिरहेको बताउनु भयो । 
कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनुभएका भण्डारीले शिक्षा, स्वास्थ्य र पर्यटन लगायतका क्षेत्रमा समस्या र समाधान भन्ने बिषमा बहस गर्ने बताउनु भयो । आफुहरु जनता माझमा गएर प्रत्यक्ष भेटघाट सँगै श्रममा पनि जोडिएकाले कहाँ के समस्या छ पहिचान गरि समाधानको बाटो तर्फ लाग्ने बताउनु भयो । 
इन्चार्ज भण्डारीले अहिले पनि जनताले माओवादी खोजिरहेकाले जनता बाट आएका सुझावलाई ग्रहण र आत्मासाथ गर्दै जनताको अपेक्षा तथा समस्या पहिचान र समाधानको लागि आफुहरु अनुसन्धानकर्ताको रुपमा खटिएको बताउनु भयो । 
घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने नारासहित माओवादीले भाद्र १६ गते देखि देशव्यापा अभियान सञ्चालन गरिरहेको छ । अहिले सम्म बिभिन्न कार्यक्रम सम्पन्न गरेको इन्चार्ज भण्डारीले पत्रकार भेटभाटमा जानकारी गराउनु भयो । 
यस्तै अभियानले आगामी दिनमा संचालन गर्ने कार्यक्रमहरु पनि पत्रकार भेटघाट मार्फत जानकारी गराएको छ । आगामी कार्यक्रममा पार्टी नेता कार्यकर्ताहरुले श्रमगरी पार्टी कोष निर्माण गर्न मंसिर ४ गतेदेखी ८ गते सम्म जनप्रतिनिधि, पालिकाहरुमा पालिका समितिका पार्टी इन्चार्जहरुको नेतृत्वमा श्रम शिविर संचालन गर्ने, मंसिर ३ गते दार्मा गाँउपालिकामा उपमहासचिव कमरेड मातृका यादवको उपस्थितिमा श्रम शिविरको उद्घाटन गर्ने । जिल्ला इन्चार्ज, प्रदेश अध्यक्ष, प्रदेश मन्त्री, जिल्ला संयोजक, केन्द्रिय सदस्यहरुले एक एक श्रम शिविरको नेतृत्व गर्ने, मंसिर १० गते कुपिण्डे दह परिसरमा संचार तथा सुचना प्रविधि मन्त्री माननीय रेखा शर्माको प्रमुख आतिथ्यतामा सल्यान विकास र समृद्धिका सम्भावनाहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न आयोजना गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । अभियानले दण्ड र पुरस्कारको नीतिलाई कार्यान्वयन गर्न अभियान अवधिभर विभिन्न क्षेत्रमा सक्रिय र उत्कृष्ठ कार्य गर्ने अभियानकर्मी सम्मान गर्ने लगायतका आगामी दिनमा गरिने कार्यक्रम सार्वजनिक गरिएको छ । यस्तै इन्चार्ज भण्डारीले पालिका संकल्प सभाहरु सम्पन्न भए पश्चात् पार्टी अध्यक्ष एवं  प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय संकल्प सभा सम्पन्न समेत जनाएको छ । 

प्रतिकृया दिनुहोस

एमाले सल्यानको १० औँ जिल्ला अधिवेशन सुरुः ८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत  एमाले सित छ : उपाध्यक्ष ज्ञवाली

चैत्र १८, सल्यान  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमालेलाई धुलो चटाउने भनेर हिडेका पार्टीहरु अहिले असफल भएको बताउनु भएको छ । नेकपा

कुपिण्डे तालमा लालझण्डा र चाबी बुझाएर समापन गरियो जनता सँग माओवादी विशेष रुपान्तरण अभियान

पुष १७, सल्यान  नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी विशेष रुपान्तरण अभियान सल्यानले लालझण्डा र चाबी बुझाएर अभियानको समापन गरेको छ । भदौ १६ गते

सरकारले खेल क्षेत्रमा लगानी गरेको छ कर्णाली प्रदेशका अर्थमन्त्री : मन्त्री सिंह

सल्यान, १७ पुस । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाउदै लगेको बताउनु भएको छ ।