• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सरकारले खेल क्षेत्रमा लगानी गरेको छ कर्णाली प्रदेशका अर्थमन्त्री : मन्त्री सिंह

सल्यान, १७ पुस ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाउदै लगेको बताउनु भएको छ । कर्णाली प्रदेश खेल क्षेत्रमा राम्रो सम्भावना बोकेको प्रदेश भएकाले खेल क्षेत्रमा लगानी बढाएको बताउनु भयो । 
शारदा नगरपालिका सल्यानको नगरस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मंगलबार लुहापिङमा उद्घाटन गर्दै मन्त्री सिहंले शिक्षासँगै खेलकुदको बिकास अपरिहार्य रहेको बताउनुभएको हो । राज्यले पनि शिक्षासँगै खेलकूद क्षेत्रमा लगानी बढाउदै गएकाले शिक्षा र खेलक्षेत्रको विकास सँगसँगै हुनुपर्ने उहाँले बताउनुभयो । 
कन्त्री सिंहले भन्नु भयो, ‘सल्यान जिल्ला खेलक्षेत्रको लागि राम्रो सम्भावना भएको जिल्ला हो, राज्यले नै खेलक्षेत्रमा लगानी गर्दै आएको छ, विकासका अन्य पुर्वाधारसँगै खेलक्षेत्रको विकास र समृद्धिका लागि पनि राज्यले लगानी गरेको छ ‘कर्णाली प्रदेशमा नै सुबिधा सम्पन्न रंगशाला सुर्खेतमा निर्माण कार्य चलिरहेको छ, यसले खेलाडीलाई प्रोत्साहित गर्ने काम गर्दछ ।’
मन्त्री सिंहले सल्यान खेलमात्रै नभएर अन्य क्षेत्रको लागि पनि सम्भावना बोकेको जिल्ला भएको बताउनुभयो । ‘कृषिमा सल्यान आत्मनिर्भर भएको छ, यहाँको तरकारी, खाध्यान्न र फलफूलको कुरा गरौँ, शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासको कुरा गरौँ, सबैक्षेत्रमा सल्यान सम्भावना बोकेको जिल्ला हो’ उहाँले थप्नुभयो ‘अव बिकास, समृद्धि र रोजगारीको जग बसाल्न आवश्यक छ ।’
मन्त्री सिंहले कर्णालीबासी कोहि पनि निराश र अभावमा बाच्नुपर्ने अवस्था नभएको बताउनु भएको छ । कर्णाली प्रदेश धेरै सम्भावना बोकेको प्रदेश भएकाले अब गरिब प्रदेश भनेर चिन्न नहुने बताउनु भयो । जडिबुटी उत्पादनको हिसाबले होस, तरकारी उत्पादनको हिसाबले होस, या खेल क्षेत्रको हिसाबले होस हरेक कुराले महत्त्वपूर्ण सम्भावना बोकेको प्रदेश भएको मन्त्री सिंहले बताउनु भयो ।  शारदा नगरपालिका नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख सुस्मिता सापकोटा सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण निमित्त प्रमुख प्रशासकिय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो । नगरपालिकाका एक दर्जन बढी माध्यामिक बिद्यालय सहभागि भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहीबार सम्म सञ्चालन हुने छ ।
 

प्रतिकृया दिनुहोस

एमाले सल्यानको १० औँ जिल्ला अधिवेशन सुरुः ८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत  एमाले सित छ : उपाध्यक्ष ज्ञवाली

चैत्र १८, सल्यान  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमालेलाई धुलो चटाउने भनेर हिडेका पार्टीहरु अहिले असफल भएको बताउनु भएको छ । नेकपा

कुपिण्डे तालमा लालझण्डा र चाबी बुझाएर समापन गरियो जनता सँग माओवादी विशेष रुपान्तरण अभियान

पुष १७, सल्यान  नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी विशेष रुपान्तरण अभियान सल्यानले लालझण्डा र चाबी बुझाएर अभियानको समापन गरेको छ । भदौ १६ गते

सल्यानमा लाइफ चेन्जर विकास आयोजनाहरुको आवश्यकता छ : इन्चार्ज भण्डारी

कात्तिक १७, सल्यान  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनता सँग माओवादी रुपान्तरण अभियानका सल्यान जिल्ला ईन्चार्ज नरेश भण्डारीले