• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024

सल्यानबाट चार हजार ५ सय ८२ बिद्यार्थी एसइई परिक्षामा सहभागी हुँदै

चैत्र १४, सल्यान 
भोली बाट सञ्चालन हुन लागेको माध्यामिक शिक्षा परिक्षा एसइई मा सल्यान बाट ४ हजार ५ सय ८२ जना बिद्यार्थीले परिक्षा दिदैछन । जिल्लाभरका ८२ वटा सामुदायिक बिद्यालय, ८ वटा सस्थागत र १ खुल्ला बाट गरि ४ हजार ५ सय ८२ जना बिद्यार्थी एसइइ परिक्षामा सहभागि हुन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ सल्याले जनाएको छ ।
जिल्लाभरका सामुदायिक विद्यालयबाट ४ हजार ४ सय ३१ जना र संस्थागत विद्यालयबाट १ सय ५१ जनाले एसईई परीक्षा दिन लागेका हुन् ।  तीमध्ये तिन  हजार १ सय ७ जना छात्रा र दुई हजार ४ सय ७५ जना छात्र रहेको इकाइ प्रमुख लाल बहादुर घर्तिमगरले जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षाको लागि जिल्ला भरि २५ वटा परिक्षा केन्द्र तोकिएको छ । यो वर्ष नियमिततर्फ चार हजार  पाँच सय ८२ र ग्रेड वृद्धिका ३७ जना विद्यार्थीले परीक्षा दिन लागेको उहाँले बताउनु बताउनु भयो ।
त्यसमध्ये जिल्ला कारागार सल्यानका एक जना कैदीले परीक्षा दिन लागेको उहाँले बताउनु भयो । एसईई परीक्षा दिनेमा २ सय ९२ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । यो वर्ष सबैभन्दा बढी शारदा माध्यामिक विद्यालय शंखमुल परिक्षा केन्द्रबाट २ सय ९५ जना र सबैभन्दा कम जनज्वती माध्यामिक बिद्यालयको परिक्षाकेन्द बाट ९९ जनाले परिक्षा दिन लागेका छन । यस्तै बिद्यालय तर्फ सबैभन्दा कम त्रिबेणी माबि टोटके बाट ५ जना र सबै भन्दा बढि शिवजन माबि बाट १ सय ५४ जना रहेका छन । यो वर्ष गत वर्षको तुलनामा ४ सय जना विद्यार्थी घटेका छन ् । परिक्षाको लागि २५ वटा परिक्षा केन्द्रमा सुरक्षाकर्मी बाहेक ४ सय २३ भन्दा बढि जनशक्ति परिचालन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

अवको अजेण्डा  समाजबाद : सह इञ्चार्ज बस्नेत

सल्यान, वैशाख २१ गते, नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सह ईञ्चार्ज टेकवहादुर वस्नेतले समाजवादलाई केन्द्रमा राखेर अवको वहस थालिनुपर्ने

सल्यानको भोटेचौरमा निर्माण भएको गौशाला सञ्चालनमा

 बैशाख २१,सल्यान सल्यानको भोटेचौरमा छाडा पशुचौपाया संरक्षण गर्न गौशाला निर्माण गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको ५ लाख,

सल्यानका क्रियाशिल पत्रकार शर्मा सम्मानित

सल्यान, वैशाख  १५ गते । सल्यानका क्रियाशिल पत्रकार  प्रतीक इच्छुक शर्मा  सम्मानित हुनुभएको छ । दार्मागाउँपालिका २ निवासी पत्रकार शर्मालाई