• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

ललितकला मार्फत कर्णाली उजागर गरिनुपर्दछःमुख्यमन्त्री शर्मा

सुर्खेत, फागुन १७ गते ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको प्राकृतिक स्रोत साधन, सभ्यता, जनजीवनलाई ललितकला मार्फत उजागर गर्नुपर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो ‘प्राकृतिक सौन्दर्यता र कर्णालीको सभ्यता संस्कृति विश्व समुदायका लागि प्रेरणादायी वन्न सक्छ । कर्णाली र यहाँका प्रतिभालाई ललितकला मार्फत विश्वसामु चिनाउनु पर्दछ ।  ’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्धारा वीरेन्द्रनगर सुर्खेतमा आयोजीत कर्णाली प्रादेशिक प्रर्दशनीको समुदाघाटन  गर्दे  मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशभित्र भएका कला र प्रतिभालाई प्रस्फुटित वन्ने वातावरण तयारका लागि  आफुहरुले प्रयत्न गरिरहेको वताउनुभयो ।  उहाले भन्नुभयो ‘ यहाँ रहेका प्रतिभालाई  उजागर गरिन्छ ।  साधन स्रोत भन्दा पनि ईच्छा शक्ति र ब्यवस्थापकीय क्षमता  समस्या मुख्य हो ।  यहाँको गुमनाम भएको सभ्यता र लुटिएको कलालाई ललितकला मार्फत उजागर गर्नुपर्छ ।’
कर्णालीमा रहेका रारा, लिमी, सिजा उपत्यका ,धो, से फोक्सुन्डो,पञ्चकोशी लगायतका धार्मिक तथा पर्यटकीय स्थल कलात्मक सृजनावाट विश्वसामु चिनाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्छ शर्माले भन्नुभयो ‘कर्णाली प्रदेशलाई पछिपारिएको  र देशका अन्यभागको भन्दा कर्णालीको सभ्यता विशाल रहेको छ ।  ’ 

ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्तम्छालीले राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा कलाको पहच वढाएर विश्वमा कर्णाली तथा नेपालको पहिचाह दिनुपर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो ‘ विद्यालय तथा विश्वविद्यालय स्तरमा ललितकला विषयमा अध्यन अध्यापन  गरिनुपर्दछ। जसले नयाँ प्रतिभा उजागर गर्दछ ।’ 
अखिल नेपाल जनसास्कृति महासंघका केन्द्रीय अध्यक्ष भीम कुमाँखीले कर्णालीमा धेरै ललितकलाका सर्जक भएपनि अझै वाहिर ल्याउन नसकिएको वताउनुभयो । उहाले भन्नुभयो ‘ ललितकलाई भुल्दा विशाल कर्णालीको स्वरुप ,संरचना सभ्यतामा हराउदै जान थालेकाले संरक्षण र प्रवद्र्धनमा ध्यानुपर्दछ । ललितकलालाई समाजिक रुपान्तरणका लागि ललितकला अभियान थालिनुपर्दछ ।’

पाँच दिन सम्म सञ्चालन हुने कर्णाली प्रादेशिक ललितकला प्रर्दशनीमा  ४६ स्रष्ठाले  ललितकला सम्वन्धी संग विभिन्न  समाग्री पदर्शनीमा राखेका छन्। 
 

प्रतिकृया दिनुहोस

नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ

इन्द्र बुढाथोकी  असोज १० सल्यान । नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा पर्ने कुपिण्डे दह

ऋतु अनुसारको रंग बदल्ने कुपिण्डे ताल

भदौ १४, सल्यान ऋतु अनुसार रंग बदल्ने सल्यानको कुपिण्डे तालको उचित प्रवद्र्धन र प्रचारप्रसार हुन सकेको छैन । सरकारले यस ताललाई एक सय पर्यटकीय

होमस्टे जाँदै हुनुहुन्छ ? आचारसंहिता उल्लंघन नगर्नुस्

देशभर होमस्टे व्यवसाय फस्टाएको छ । ठूलो लगानीमा होटेल रिसोर्ट सञ्चालन गर्न सम्भव नहुने, तर पर्यटकको भिड बढ्ने स्थानमा यो व्यवसाय निकै फलदायी साबित