• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

ऋतु अनुसारको रंग बदल्ने कुपिण्डे ताल

भदौ १४, सल्यान
ऋतु अनुसार रंग बदल्ने सल्यानको कुपिण्डे तालको उचित प्रवद्र्धन र प्रचारप्रसार हुन सकेको छैन । सरकारले यस ताललाई एक सय पर्यटकीय गन्तब्यमा सूचीकृत त ग¥यो तर यसको विकासका नगरपालिकाले बनाएको योजना अझै कार्यान्वयनमा आएको छैन । 
कर्णाली प्रदेशमा ‘मिनी रारा’ भनेर पनि चिनिने सल्यानको कुपिण्डे तालमा नीलो पानी, वरिपरि मिलेका पहाड, हरियो जंगल देखिन्छ । उत्तर दक्षिण फैलिएको यो ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्लाकै एक उत्कृष्ट पर्यटकीय स्थल हो । वर्षा, हिउँद र गर्मी याममा मौसामपिच्चे यो तालले रङ्ग फरक फरक हुने गरेको छ । डुङगा चालक तिलक गोसाईले बताउनु भयो । 

 

रमाइलो त के भने वर्षामा बाढी पस्दा पनि कुपिण्डे तालको पानी कहिल्यै धमिलो हुदैन । वरिपरि घना जंगल भए पनि तालमा एउटा पनि पात खसेको नभेटिने स्थानीयहरु बताउछन् । अहिले टाढा टाढाबाट पर्यटकहरु आएर तालमा डुङगा सयर गरी रमाउने गरेका छन् । ताल हेर्न आउनु भएका पर्यटक सोम गुरुङले बताउनु भयो ।  किम्बदन्ती अनुसार कुपिण्डे गाउँमा भगवान भिक्षुक बनेर  धेरै घरमा बास माग्दा बास कसैले नदिएपछि गाउँ नै दह बनेको हो । 
यहाँ ताल नजिकै एउटा मन्दिर पनि छ । प्राकृतिक सुन्दरताले भरिएको यस स्थानलाई पर्यटकीय गन्त्यव्यमा सूचीकृत गरिएसंगै कुपिण्डे नगरपलिकाले गत बर्ष विकासका लागि योजना बनाएको थियो । तर अहिलेसम्म केही काम भएको छैन । नगरपालिकाको योजना अनुरुप काम हुन नपाए पनि पर्यटकहरु भित्राउनको लागि  पद मार्ग निर्माण गरिने ८ नम्बर वडा अध्यक्ष कुल बहादुर पुरीले बताउनु भयो ।  मुद्री सतहदेखि १ हजार १ सय २० मिटर उचाईमा रहेकोे छ भने  गहिराई ३४ मिटर, आठ सय ३४ मिटर लम्बाई र पाँच सय ३८ मिटर चौडाई रहेको छ ।
 कुपिन्डे तालको क्षेत्रफल २२ दशमलव ५३ हेक्टर फैलिएको छ । कुपिण्डे ताललाई पर्यटकीय गन्त्यव्यमा सूचीकृत गरेर मात्र पुग्दैन, यसको प्रवद्र्धनका लागि सरोकारवाला र स्थानीय तहले ध्यान दिन जरुरी छ । 
 

प्रतिकृया दिनुहोस

ललितकला मार्फत कर्णाली उजागर गरिनुपर्दछःमुख्यमन्त्री शर्मा

सुर्खेत, फागुन १७ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको प्राकृतिक स्रोत साधन, सभ्यता, जनजीवनलाई ललितकला मार्फत उजागर

नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ

इन्द्र बुढाथोकी  असोज १० सल्यान । नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा पर्ने कुपिण्डे दह

होमस्टे जाँदै हुनुहुन्छ ? आचारसंहिता उल्लंघन नगर्नुस्

देशभर होमस्टे व्यवसाय फस्टाएको छ । ठूलो लगानीमा होटेल रिसोर्ट सञ्चालन गर्न सम्भव नहुने, तर पर्यटकको भिड बढ्ने स्थानमा यो व्यवसाय निकै फलदायी साबित