• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024

होमस्टे जाँदै हुनुहुन्छ ? आचारसंहिता उल्लंघन नगर्नुस्

देशभर होमस्टे व्यवसाय फस्टाएको छ । ठूलो लगानीमा होटेल रिसोर्ट सञ्चालन गर्न सम्भव नहुने, तर पर्यटकको भिड बढ्ने स्थानमा यो व्यवसाय निकै फलदायी साबित भएको छ । सञ्चालकका अनुसार होमस्टेका अधिकांश पाहुना आन्तरिक पर्यटक नै हुन् । 

आन्तरिक पर्यटकको आवागमन वृद्धि भएसँगै होमस्टे सञ्चालकले स्वदेशमै आत्मनिर्भर हुने माध्यम फेला पारेका छन् । तर, होमस्टे बसाइलाई होटेलको जस्तै ठानी जथाभावी गर्न थालियो भने समस्या पर्न जान्छ । किनकि होमस्टेको बसाइ कुनै एक परिवारको व्यक्तिगत भान्सासम्म पहुँच राख्नु हो, उनीहरूकै घरमा सुत्ने अवसर पनि हो । हरेक होमस्टेले पाहुनाका लागि आचारसंहिता बनाएका हुन्छन् । यस्तो आचारसंहिता हरेक कोठामा टाँगिएको पनि हुन्छ । 

- निर्धारित मापदण्ड, खानाको परिकार र परिमाणबाहेक अन्य विषयमा सञ्चालकलाई दबाब दिन पाइँदैन ।
- घरमा हुने कुनै पनि उमेरको महिला, बालबालिकामाथि यौन दुव्र्यवहार गरे कानुनी कारबाही हुन्छ । 
- मौलिक संस्कृति, परम्पराको विरोध गर्न पाइँदैन ।
- आफू रहने कोठा, शौचालय तथा वरपरको वातावरण सरसफाइ राख्ने काममा सहयोग गर्नुपर्छ । 
- तर, मापदण्डअनुसारका सेवा छैन भनेचाहिँ त्यसअनुसार माग गर्नु तपाईंको अधिकार हुन्छ । किनकि होमस्टे तपाईंलाई सेवा दिनकै लागि सञ्चालक गरिएको हुन्छ । 

प्रतिकृया दिनुहोस

ललितकला मार्फत कर्णाली उजागर गरिनुपर्दछःमुख्यमन्त्री शर्मा

सुर्खेत, फागुन १७ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको प्राकृतिक स्रोत साधन, सभ्यता, जनजीवनलाई ललितकला मार्फत उजागर

नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ

इन्द्र बुढाथोकी  असोज १० सल्यान । नेपाल युवा परिषद सल्यानद्धारा कुपिण्डे दह सरसफाइ गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा न ८ मा पर्ने कुपिण्डे दह

ऋतु अनुसारको रंग बदल्ने कुपिण्डे ताल

भदौ १४, सल्यान ऋतु अनुसार रंग बदल्ने सल्यानको कुपिण्डे तालको उचित प्रवद्र्धन र प्रचारप्रसार हुन सकेको छैन । सरकारले यस ताललाई एक सय पर्यटकीय