• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

२९ औं जनयुद्ध दिवसको अवसरमा सल्यानमा ३२ जनाले रक्तदान गरे

मङ्लबार, फाल्गुन १, २०८०


जनयुद्ध दिवसको अवसरमा सल्यानमा ३२ जनाले रक्तदान गरेका छन  । २९ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादी केन्द्र शारदा नगर समिति सल्यानको आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान तथा स्वास्थ्य सेवा कार्यलय सल्यानको प्राबिधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन ।
सल्यानको श्रीनगरमा रहेको परोपकार अस्पिटलमा आयोजना गरिएको कार्यक्रममा शारदा नगरपालिका वडा १२ का वडा अध्यक्ष सुरेन्द्र बुढा , नेपाली कांग्रेसका शारदा नगर सभापती दिपक हमाल, सल्यान जेसिसको टिम लगायत  अन्य गरि ३२जनाले रक्तदान गरेको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान बहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा ब्लड बैंक स्थापना गर्ने उदेश्यले जनयुद्ध दिवसको अवसर पारि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्लामा रगत अभावमा बिरामीहरुले समस्या भोग्दै आईरहेकाले उक्त समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना  गरिएको बताउनु भयो । समाज रुपान्तरण र परिवर्तनका लागि माओवादीले गरेको योगदान र आन्दोलन प्रशंसनिय रहेको भन्दै उहाँले मानविय सेवाका लागि रक्तदान कार्यक्रम राखिएको बताउनु भयो । आजको रक्तदान कार्यक्रम बाट रगतको ग्रुप पहिचान गर्न सहज हुने र कोही बिरामलाई रगत अभाव भएमा समस्या नपर्ने मल्ले बताउनु भयो । 


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका मन्त्री इन्द्र शर्माले विगत देखि नै जिल्लामा रगत अभाव भैरहेकाले रगत अभाव पुर्तीका लागि रक्तदान कार्यक्रममा सहयोग गरिएको बताउनु भयो । अहिले जिल्ला अस्पतालमा आपतकालीन रक्त सञ्चार सेवा सञ्चालन भैरहेकाले ब्लड बंैक स्थापनाका लागि रेडक्रसले अभियान थालेको बताउनु भयो । जसका लागि अक्षकोष स्थापना गरिएकाले छिटै ब्लड बैंक स्थापना गरिने बताउनु भयो । 


 

प्रतिकृया दिनुहोस

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै

बैशाख ६, सल्यान  सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै छ । आज र भोलि  सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’

छत्रेश्वरीमा एकिकृत जनस्वास्थ्य अभियान, ३१२ जना विरामीले सेवा लिए

सल्यान, २७ चैत । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ३१२ जनाले सेवा