• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024

सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै

बैशाख ६, सल्यान 
सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै छ । आज र भोलि  सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत जिल्लाका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईने स्वास्थ्य सेवा कार्यलय सल्यानले जनाएको छ । कार्यलयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन लागिएको हो ।
भिटामिन ‘ए’ २० हजार ६ सय  बालबालिका र जुकाको औषधि १८ हजार बालबालिकालाई खुवाइने लक्ष्य रहेको स्वास्थ्य सेवा कार्यलय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।्
जिल्लाका ४ सय २४ स्थान बाट महिला स्वयम सेविका मार्फत बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार बालबालिकालाई भिटामिन ‘ए’ सँगै खोप लगाएको नलगाएको समेत अनुगम गरिने छ । यसअघि खोप लगाउन छुटेका बालबालिका खोप समेत लगाइने सुचना अधिकारी डिसीले बताउनु भयो । 
सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । देशभर भिटामिन ‘ए’ झण्डै ३२ लाख बालबालिका र जुकाको औषधि झण्डै २९ लाख बालबालिकालाई खुवाइने लक्ष्य रहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

छत्रेश्वरीमा एकिकृत जनस्वास्थ्य अभियान, ३१२ जना विरामीले सेवा लिए

सल्यान, २७ चैत । सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ३१२ जनाले सेवा

सल्यानमा क्षयरोगीका बिरामी बढ्दै, ३ बर्षमा २६ जनाको मत्यु 

चैत ११, सल्यान  सल्यानमा पछिल्लो समयमा क्षयरोगीका बिरामी बढदै जान थालेका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा पछिल्लो समय