• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024

छत्रेश्वरीमा एकिकृत जनस्वास्थ्य अभियान, ३१२ जना विरामीले सेवा लिए

सल्यान, २७ चैत ।

सल्यानको छत्रेश्वरी गाउँपालिकामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ३१२ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा भएको शिवरमा १९ जनाले दन्तरोग तथा मुख स्वास्थ्य सेवा, ३३ जनाले ल्याब सेवा, १४ जनाले इसीजी सेवा, ४ जनाले युएसजी सेवा र अन्यले सामान्य चेकजाँच र परामर्श सेवा लिएका छन् ।
शिविर उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले विभिन्न समस्याका कारण अस्पतालसम्म जान नसकेका विरामीलाई आफ्नै गाउँठाउँमा रोग पहिचान र उपचारका लागि यस प्रकारका शिविरले लाभ पुर्याउने बताउनु भयो । शिविरमा स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक डाक्टर अर्जुन बुढा तथा अन्य ७ जना विशेषज्ञ डाक्टरहरु सहित १५ जनाको चिकित्सक टोलिले चेकजाँच तथा उपचार गरेको थियो । शिविरमा निः शुल्क औषधि वितरण, मनोसामाजिक परामर्श सेवा, क्षयरोग पहिचानका लागि खकारको नमुना संकलन पनि गरिएको थियो ।
 शिविर उद्घाटन कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्री, वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढा, स्वास्थ्य शाखा प्रमुख केशरीदेवी भट्टराई लगाएतको सहभागिता थियो ।।

 

प्रतिकृया दिनुहोस

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै

बैशाख ६, सल्यान  सल्यानका २० हजार ६ सय बालबालिकालाई भिटामिन ए’ र जुकाको औषधि खुवाईंदै छ । आज र भोलि  सरकारले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’

सल्यानमा क्षयरोगीका बिरामी बढ्दै, ३ बर्षमा २६ जनाको मत्यु 

चैत ११, सल्यान  सल्यानमा पछिल्लो समयमा क्षयरोगीका बिरामी बढदै जान थालेका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा पछिल्लो समय