• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

कृषि क्षेत्रमा खोज पत्रकारिताको खाचो छः इन्चार्ज भण्डारी

असोज २८, सल्यान 

कृषि क्षेत्रको बिकासका लागि खोज पत्रकारिताको खाचो रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सद्स्य तथा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारी बताउनु भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानले आइतबार सल्यानको अलंगामा आयोजना गरेको नेपालीहरुको महानचाड वडा दशैँ शुभदिपावली छडपर्व, नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान तथा कृषि आधुनिकीकरण र प्रवद्र्धनमा सञ्चार माध्यामको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले  कृषिको क्षेत्रमा खोजमुलक पत्रकारिता गर्न आवश्यक रहेको बताउनु भयो ।

कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला ता कानुन मन्त्री समेत रहनुभएका भण्डारीले पत्रकारहरुले खोजमुलक समाचार सामाग्रीतिर केन्द्रित हुनुपर्ने बताउनु भयो । कृषिलाइ माथी उठाउन पत्रकार र संचारमाध्यामको महत्वपुर्ण भुमिका रहने बताउँदै कृषि क्षेत्रमा भैरहेका नमुना कामहरुमा पनि चासो दिनुपर्ने बताउनु भयो ।

अरुले बोलेका कुराहरुको टिर्पोटको आधारमा गर्ने रिर्पोटिङ मात्र नभएर फिल्डमा पुगेर खोज अनुसन्धान गरि पत्रकाकारिता गर्न आग्रह गर्नुभयो । पत्रकारितालाई राज्यको चौथो अंग भनिएकाले पनि पत्रकारहरुले कहाँ के भैरहेको छ त्यो कुरालाई फोकस गरेर खोजिको माध्याम बनिदिन सुझाव भयो । 

प्रतिकृया दिनुहोस

एमाले सल्यानको १० औँ जिल्ला अधिवेशन सुरुः ८४ को चुनावमा एक्लै बहुमत ल्याउने तागत  एमाले सित छ : उपाध्यक्ष ज्ञवाली

चैत्र १८, सल्यान  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले नेकपा एमालेलाई धुलो चटाउने भनेर हिडेका पार्टीहरु अहिले असफल भएको बताउनु भएको छ । नेकपा

कुपिण्डे तालमा लालझण्डा र चाबी बुझाएर समापन गरियो जनता सँग माओवादी विशेष रुपान्तरण अभियान

पुष १७, सल्यान  नेकपा माओवादी केन्द्रको जनता सँग माओवादी विशेष रुपान्तरण अभियान सल्यानले लालझण्डा र चाबी बुझाएर अभियानको समापन गरेको छ । भदौ १६ गते

सरकारले खेल क्षेत्रमा लगानी गरेको छ कर्णाली प्रदेशका अर्थमन्त्री : मन्त्री सिंह

सल्यान, १७ पुस । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले प्रदेश सरकारले खेल क्षेत्रमा लगानी बढाउदै लगेको बताउनु भएको छ ।