• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024

सल्यान अस्पतालका डाक्टरको लापरवाहीले छोरीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रशासनमा निवेदन 

चैत २०,सल्यान 
जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लिएकी ६ महिने छोरीको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै सल्यानकी शान्तीप्रभा पुरीले प्रशासनमा निवेदन दिनुभएको छ । जिल्लाको शारदा नगरपालिका २ डाडागाउ“ बस्ने पुरीले डाक्टरको लापरबाहीको कारण आफ्नी ६ महिने छोरीको मृत्यु भएको भन्दै प्रशासनमा निवेदन दिनुभएको हो । 
    जिल्ला अस्पतालको ईमर्जेन्सी कक्षमा भर्ना गरेकी शान्तीप्रभा पुरीको ६  महिनाकी छोरीको  १८ गते विहान मृत्यु भएको थियो । १७ गते राती २ बजे छोरीलाई लगेर अस्पताल गएको र निमोनिया भएको भन्दै इर्मजेन्सीमा भर्ना गरेपछि नाईट डिउटीमा भएका डाक्टरलाई पटक पटक बोलाउदा नआई लापरबाही गरेकै कारण छोरीको मृत्यु भएको उहाको आरोप छ ।  
डाक्टरलाई बोलाउदा नआएपछि स्वास्थ्यकर्मीले पटक पटक निमोनियाको सुई लगाएको र १८ गते विहान सात बजे मात्र डा।सोनु यादव आएर चेकजा“च गर्दा ठिकै छ भनेको केही समय नबित्दै छोरीको मृत्यु भएको पिडित पुरीले जानकारी दिनुभयो । ‘डिउटीमा भएका जो कोहीपनि आफनो समयावधीसम्म बस्नु पर्ने हो तर डाक्टर डिउटीमा नभई उल्टै पटक पटक बोलाउदा आएनन । यो उनको ठुलो लापरवाही हो’ उहाले भन्नु भयो । जिल्ला प्रशासन कार्यालय सल्यानले तत्काल छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको दायरामा ल्याउन उहाँले आग्रह गर्नुभएको छ  । आफुल न्याय नपाएको र न्याय दिलाईदिन प्रशासनलाई आग्रह गर्नुभएको छ । 
जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले शान्तीप्रभा पुरीले न्यायको लागि निबेदन दिएपछि स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पतालका टोलीलाई छलफलका लागि बोलाएको बताउनु भएको छ । सुरुमा छलफल गरी अनुसन्धान अगाडी बढाउने उहाँले जानकारी गराउनु भयो । यदि अस्पतालका डाक्टरले लापरबाही गरेको खुल्न आए र दोषी ठहर भए कानुन बमोजिम कारवाही गरिने प्रजिअ रेग्मीको भनाई छ । 
यता जिल्ला अस्पताल सल्यानले भने एक बिज्ञप्ति निकाल्दै आफनो कुनै दोष नभएको स्पष्टिकरण दिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा। अर्जुन बुढामगरले अस्पतालमा भर्ना गरिएकी ५ महिनाकी बालिकालाई कडा निमोनिया देखिएको, निमोनियाबाट बचाउन सुई लगाईएको र कडा निमोनिया भएकाले मुखबाट केही नखुवाउदा स्वासप्रस्वास नलिमा गएर मृत्यु हुनसक्छ भनि सल्लाह दिएपनि आमा शान्ती प्रभा पुरीले दुध खुवाएका कारण दुध सर्केर बालिकाको मृत्यु भएको जानकारी दिनुभएको छ  । अस्पतालका डाक्टरले कुनै लापरबाही नगरेको उहाँले स्पष्टिकरण दिनुभयो । उहाँले भन्नु भयो, ‘बालिकाको मुटुको सल्यक्रिया गरिएको रहेछ । कडा खालको निमोनिया भएपछि छिटो छिटो स्वास फेर्दा मुखबाट खाएको कुनैपनि बस्तु स्वास नलिमा गई अचानक मृत्यु हुनसक्छ भनेर हामीले बालिकाको आमालाई मुखबाट केही नखुवाउन सल्लाह दिएका थियौ तर उहा“ले बालिकालाई दुध खुवाउनु भएको रहेछ । बालिकाको दुध सर्केर नै मृत्यु भएको हो’ । डाक्टरको लापरबाही भएर मृत्यु भएको भए पोष्टमार्टम गरौ भन्दा आमाले नमानेको समेत डा। बुढामगरको भनाई छ ।

प्रतिकृया दिनुहोस

सल्यानमा क्षयरोगीका बिरामी बढ्दै, ३ बर्षमा २६ जनाको मत्यु 

चैत ११, सल्यान  सल्यानमा पछिल्लो समयमा क्षयरोगीका बिरामी बढदै जान थालेका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा पछिल्लो समय

सल्यानमा आत्माहत्या रोथाम सम्बन्धी सचेतनामूलक विशेष अभियानको सुरुवात 

फाल्गुन २१, सल्यान सल्यानमा आत्माहत्या रोथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान कार्यक्रको सुरुवता गरिएको । जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा

"रेडियो बिपतको साथी" -प्रतीक इच्छुक शर्मा

१ फागुन २०८०, मंगलवार पत्रकारितामा क्रियाशील भएको २१ वर्ष पुगेछ । जसमध्येका १५ वर्ष त रेडियो मै बितेका छन् । रेडियो पत्रकारिताको अनुभव अझ आरम्भका