• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सल्यानमा आत्माहत्या रोथाम सम्बन्धी सचेतनामूलक विशेष अभियानको सुरुवात 

फाल्गुन २१, सल्यान
सल्यानमा आत्माहत्या रोथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान कार्यक्रको सुरुवता गरिएको । जिल्ला प्रहरी कार्यलय सल्यान र शारदा नगरपालिका सल्यानको सहकार्यमा  आत्माहत्या रोथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान कार्यक्रम सुरुवात गरिएको हो  । 
आत्महत्या नियन्त्रण गर्न ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारा सहित सुरु भएको विशेष अभियानको उद्धघाटन कर्णाली प्रदेशका प्रहरी नायव महानिरीक्षक डिआईजी लालमनी आचार्यले गर्नुभएका थियो । कार्यक्रमको उद्धघाटन गर्दै डिआईजी आचार्यले आत्माहत्या मानसिक स्वास्थ्य सँग जोडिएको बिषय भएकाले यसलाई सबैले बुझ्नु पर्ने बताउनु भयो । लापरवाहि र मनोरोगीका कारण मानिसहरुले आत्माहत्याका बाटो रोज्ने भएकाले अकालमै ज्यान गुमाईरहेको बताउनु भयो । 


कर्णाली प्रदेश प्रहरीको तथ्याङक अनुसार कर्णाली प्रदेशमा ३ बर्षको अवधिमा १ हजार १ जनाले आत्माहत्या गरेका छन । उहाँका अनुसार आर्थिक बर्ष २०७७⁄७८ मा ३ सय ३९, ७८⁄७९ मा ३ सय ८९ र ७९⁄८० मा २ सय ७३ जनाले आत्माहत्या गरेको उहाँले बताउनु भयो । यस आर्थिक बर्षको साउन देखि अहिले सम्म प्रदेशभर १ सय ७७ जनाले आत्मा हत्या गरेका छन । औसतको रुपमा हेर्ने हो भने कर्णाली प्रदेशमा बार्षिक ३ सय १० जनाले आत्माहत्या गर्ने गरेका छन । कर्णाली प्रदेश प्रहरीको तथ्याङक अनुसार आत्माहत्या गर्नेमा सुर्खेत पहिलो स्थानमा रहेको छ भने सुर्खेत पछि सल्यान दोस्रो स्थानमा रहेको छ । आत्माहत्या गर्नेले आफुलाई सखाप पार्ने मात्र नभएर परिवार समाजलाई असर पारिरहेकाले यसलाई कम गर्न प्रहरी अभियानको रुपमा लागेको बताउनु भयो । समस्याको रुपमा रहेकाले आत्माहत्यालाई न्युनिकरण गर्न प्रहरी एक्लैको मात्र सम्भव नभै समुदाय र समाजको महत्वपुर्ण योगदान रहेको डिआईजी आचार्यले बताउनु भया ।


सल्यानमा प्रतिबर्ष औसत ५६ जनाले आत्माहत्या गर्ने गरेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले बताउनु भयो । चालु आर्थिक बर्षको साउन देखि फागुन सम्म २९ जनाले आत्माहत्या गरेका छ । जसमा पुरुष १२ जना, महिला ९ जना, बालक २ जना र बालिका ६ जना रहेका छन् । आत्माहत्या गर्नेमा संख्याको आधारमा सबैभन्दा बढि शारदा नगरपालिका र सबै भन्दा कम सिद्धकुमाख गाउँपालिका रहेको बताउनु भयो । जनसँख्याको अनुपातमा सबैभन्दा बढि कपुरकोट गाउँपालिका र सबैभन्दा कम वागचौर नगरपालिकामा आत्महत्याका घटना रहेका छन् । आत्माहत्या गर्नेमा महिला भन्दा पुरुषले बढि रहेको प्रहरीको तथ्याकले देखाएको छ । प्रहरी प्रमुख कार्कीका अनुसार ७५% ले झुन्डिएर र २५% ले विष सेवन गरेर मृत्यु भएको पाईएको छ । 
आत्माहत्या रोथाम सम्बन्धी सचेतनामुलक विशेष अभियान कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सल्यानले मानसिक रोग सम्बन्धी नाटक प्रस्तुत गरेका थिए । 
शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीको प्रमुख बेलाराम रावल, बागचौर नगरपालिकाका नगरप्रमुख जनकराज गौतम, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी लगायतले बोल्दै आत्माहत्या रोकथामको लागि सबै निकाय लाग्नु पर्ने बताउनु भयो । आत्महत्या समाजमा विकराल बन्दै गएकाले सबैटोल र बस्तीसम्म सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । सो अवसरमा जिल्ला प्रहरी कार्यालय सल्यानले तयार पारेको आत्महत्या सम्बन्धि बृतचित्र सार्वजनिक गर्नुका साथै मानसिक स्वास्थ्य सम्बन्धी नाटक प्रस्तुत गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सल्यान अस्पतालका डाक्टरको लापरवाहीले छोरीको मृत्यु भएको भन्दै कारबाहीको माग गर्दै प्रशासनमा निवेदन 

चैत २०,सल्यान  जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लिएकी ६ महिने छोरीको डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै सल्यानकी शान्तीप्रभा पुरीले

सल्यानमा क्षयरोगीका बिरामी बढ्दै, ३ बर्षमा २६ जनाको मत्यु 

चैत ११, सल्यान  सल्यानमा पछिल्लो समयमा क्षयरोगीका बिरामी बढदै जान थालेका छन । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लामा पछिल्लो समय

"रेडियो बिपतको साथी" -प्रतीक इच्छुक शर्मा

१ फागुन २०८०, मंगलवार पत्रकारितामा क्रियाशील भएको २१ वर्ष पुगेछ । जसमध्येका १५ वर्ष त रेडियो मै बितेका छन् । रेडियो पत्रकारिताको अनुभव अझ आरम्भका