• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सल्यानमा कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न

माघ २७, सल्यान 
राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानको आयोजना र शारदा नगरपालिका वडा नम्बर २ को ओयोजनामा कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । 
राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानका अध्ययक्ष प्रविन भण्डारीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीको प्रमुख आथित्यतामा भएको कृति समिक्षा तथा रचना वाचन कार्यक्रममा मनोहर लामिछानेले लेखेको सल्यानी लोकवार्ता पुस्तकको रचना बाचन गरिएको थियो । सल्यान लोकभाषामा लेखिएको पुस्तकको समिक्षा तथा वाचन साहित्यकार पुर्ण भण्डारीले गर्नुभएको थियो । उहाँले सल्यानी मौलिक कला भाषामा लिपिवद्ध गरि पुस्तकमा लेखिएको बारेमा वर्णन गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुले एक दर्जन भन्दा बढि रचना वाचन गरेका थिए । 
कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद रेग्मीले साहित्यले वास्तबिक घटनालाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश दिने बताउनु भयो । उहाँले गाउँ घरमा लुकेर रहेका प्रतिभालाई समेटदै यस्ता साहित्य कार्यक्रमलाई प्राथामिकता दिनुपर्ने बताउनु भयो । साहित्य पनि एक सस्कृती भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको भन्दै उहाँले साहित्य क्षेत्रमा सबै मिले जर्गे गर्नुपर्ने दिनुपर्ने बताउनु भयो । कार्यक्रममा बाल्दै शारदा नगरपालिका २ का वडा सदस्य रमा शर्माले साहित्यले मानिसलाई उर्जा दिने भएकाले यसलाई बचाईराख्न सबैले पहल गर्नुपर्ने बताउनु भयो । 
कार्यक्रममा सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, साहित्यकार लगायतको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

होली पर्वलाई मर्यादित बनाउन जिल्ला प्रशासनको कार्यलय सल्यानको आग्रह 

चैत १०, सल्यान  होलीपर्व (फागुपूर्णिमा)लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय सल्यानले सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सुचना जारी गर्दै

हराउदै गएका लोक कला जोगाउदै कपुरकाेट गाउँपालिका

कार्तिक १६, सल्यान  सल्यानको कपुरकोट गाउँपालिकाले संरक्षण र सवर्द्धनमा जोड दिएको छ । परम्परागत रुपदेखि चलन चल्तीमा रहेका मौलिक लोक कला संस्कृति

 सुशासन र सूचना प्रविधी विषयमा सल्यानमा कविता प्रतियोगिता सम्पन्न

असोज २०, सल्यान । सल्यानमा सुशासन र सूचना प्रविधिका विषयमा कविता प्रतियोगिता गरिएको छ । पछिल्लो समयमा सुचना र प्रबिधिको प्रयोग बढदै गैरहेकाले सुशासन