• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

हराउदै गएका लोक कला जोगाउदै कपुरकाेट गाउँपालिका

कार्तिक १६, सल्यान 
सल्यानको कपुरकोट गाउँपालिकाले संरक्षण र सवर्द्धनमा जोड दिएको छ । परम्परागत रुपदेखि चलन चल्तीमा रहेका मौलिक लोक कला संस्कृति दिनानुदिन लोप हुने अवस्थामा पुगेपछि लोक कला संरक्षण समिती गठन गरि संरक्षणमा जुटेकाे हो । 
पालिका भित्र रहेका पुराना लोक संस्कृति पैसेरी, सोरठी, झ्यांगा, साइलो जी, ठाडो भाका लगाएतका लोक संस्कृति हराउँदै जान थालेको अवस्थामा गाउँपालिकाले लोक संस्कृति संरक्षणमा जोड दिएको हो ।

एकातिर संस्कृति हराउदैँ गएको र अर्कोतर्फ नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण नहुदा लोभ हुन थालेकाले संस्कृतिको संरक्षण गर्ने र पुस्तान्तरण गर्ने कार्यमा जोड दिइएको गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । ‘कपुरकोट गाउँपालिका लोक सस्कृतिमा धनि छ, यहाँ पुराना थुप्रै लोक संस्कृति छन्, तर ति संस्कृतिको पहिचान र पुस्तारन्तरण हुन सकेको छैन्’ उहाँले भन्नुभयो ‘संस्कृतिको संरक्षण गर्ने दायित्व पालिकाको भएकाले हामी लागि परेका छौँ ।’

गाउँघरका ज्येष्ठ नागरिकहरुमा मात्र सीमित बनेका संस्कृति जर्गेनातिर स्थानीय सरकारले ध्यान केन्द्रित गरेको उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस

होली पर्वलाई मर्यादित बनाउन जिल्ला प्रशासनको कार्यलय सल्यानको आग्रह 

चैत १०, सल्यान  होलीपर्व (फागुपूर्णिमा)लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय सल्यानले सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सुचना जारी गर्दै

सल्यानमा कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न

माघ २७, सल्यान  राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा

 सुशासन र सूचना प्रविधी विषयमा सल्यानमा कविता प्रतियोगिता सम्पन्न

असोज २०, सल्यान । सल्यानमा सुशासन र सूचना प्रविधिका विषयमा कविता प्रतियोगिता गरिएको छ । पछिल्लो समयमा सुचना र प्रबिधिको प्रयोग बढदै गैरहेकाले सुशासन