• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

 सुशासन र सूचना प्रविधी विषयमा सल्यानमा कविता प्रतियोगिता सम्पन्न

असोज २०, सल्यान ।
सल्यानमा सुशासन र सूचना प्रविधिका विषयमा कविता प्रतियोगिता गरिएको छ ।
पछिल्लो समयमा सुचना र प्रबिधिको प्रयोग बढदै गैरहेकाले सुशासन सँग सुचना र प्रबिधि कसरी जोडिएको छ भन्ने बिषयमा  कविता प्रतियोगिता गरिएको हो ।  प्रेस सेन्टर नेपाल सल्यान  नेपाल राष्ट्रिय कर्मचारी महासंघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, र राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठन सल्यानको सयुक्त आयोजनामा सुशासन र सुचना प्रविधि विषयक खुला कविता प्रतियोगितामा  १४ जना प्रतियोगीहरुले भाग लिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति सल्यानका अध्यक्ष जित बहादुर खड्काले जानकारी दिनु भयो । शनिवार खलंगामा भएको कबिता प्रतियोगिता कार्यक्रममा महेन्द्र बस्नेत विवस प्रथम, कल्पना परियार द्वितीय, भरत वली तृतिय र सुजाता वली सान्त्वना हुनुभएको छ  ।
१४ जना प्रतियोगिले सहभागिता जनाएको कार्यक्रममा अन्य दर्जन बढिले पनि विभिन्न प्रतियोगिता प्रस्तुत गरेका थिए । प्रतियोगितामा बिजेता हुनेलाई नगद पुरस्कार राशि र प्रमाणपत्रले सम्मान गरिएको थियो । 
कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुर्व मन्त्री तथा संविधान सभा सदस्य नरेश भण्डारी, नेकपा माओवादीका केन्द्रीय सदस्य कृति बहादुर पुन लगायत विभिन्न नेताहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा भिजन खड्का, भुमिका खड्का, सरस्वति डागी, यलिसा शाही, भानुभक्त खड्का, चुडामणि नाथ योगी, आयुस्मा उपाध्याय, कल्पना परियार, झरना चन्द अर्पन, रिमा विष्टले भाग लिएका थिए ।
भुपेन्द्र वलीको अध्यक्षतामा भएको कार्यक्रममा दिपक शर्माले स्वागत गर्नुभएको थियो  भने जित बहादुर खड्काले सहजिकरण गर्नुभएको थियो  । कार्यक्रममा बालकृष्ण गिरीले सहभागिलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

होली पर्वलाई मर्यादित बनाउन जिल्ला प्रशासनको कार्यलय सल्यानको आग्रह 

चैत १०, सल्यान  होलीपर्व (फागुपूर्णिमा)लाई मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय सल्यानले सबैमा अनुरोध गरेको छ । प्रशासनले एक सुचना जारी गर्दै

सल्यानमा कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न

माघ २७, सल्यान  राप्ती साहित्य परिषद जिल्ला शाखा सल्यानले कृति समिक्षा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद जिल्ला शाखा

हराउदै गएका लोक कला जोगाउदै कपुरकाेट गाउँपालिका

कार्तिक १६, सल्यान  सल्यानको कपुरकोट गाउँपालिकाले संरक्षण र सवर्द्धनमा जोड दिएको छ । परम्परागत रुपदेखि चलन चल्तीमा रहेका मौलिक लोक कला संस्कृति