• शुक्रबार ६-२३-२०८३/Friday 10-09-2026

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय फारुला, सल्यानले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनज्योति माध्यमिक विद्यालय फारुलाचौर, भल्चौरमा कक्षा १० मा अध्ययनरत जेहेन्दार विद्यार्थी अनुपना चन्दलाई पाँच हजार रुपियाँ छात्रवृत्ति प्रदान गरेको छ।

आर्थिक वर्ष २०८३/०८४ को सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रदान गरिएको छात्रवृत्ति रकम विद्यार्थी चन्दलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक मिनबहादुर वलीले जानकारी दिनुभयो।

विद्यार्थीको मेहनत, लगनशीलता र शैक्षिक क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको छात्रवृत्तिले अध्ययनमा थप हौसला र ऊर्जा प्रदान गर्ने विद्यालयले जनाएको छ।

प्रधानाध्यापक वलीका अनुसार विद्यार्थीको शैक्षिक भविष्यप्रति चासो राख्दै छात्रवृत्ति कार्यक्रम विद्यालयसम्म ल्याउन डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय फारुलाकी शाखा प्रमुख रुमा थापा मगरले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

विद्यालय परिवारले छात्रवृत्ति प्रदान गर्ने डिप्रोक्स लघुवित्तप्रति आभार व्यक्त गर्दै विद्यार्थी चन्दलाई शैक्षिक प्रगतिको शुभकामना दिएको छ।

प्रतिकृया दिनुहोस

बनगाड कुपिण्डेमा आँखा शिविर, ६० जनाको निःशुल्क शल्यक्रिया

सल्यानको पश्चिमी क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरबाट ६ सय ५० जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका

कपुरकोटमा स्मार्ट हुलाक सेवा सुरु

हुलाक सेवालाई डिजिटल, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारी योजनाअनुसार सल्यानको कपुरकोट

कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ

कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ सल्यानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन

↑