बनगाड कुपिण्डेमा आँखा शिविर, ६० जनाको निःशुल्क शल्यक्रिया
सल्यानको पश्चिमी क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरबाट ६ सय ५० जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । शिविरमा मोतियाबिन्दु भएका ६० जना ज्येष्ठ नागरिकको निःशुल्क शल्यक्रिया गरिएको छ ।
नगरपालिकाका सबै वडा तथा टोलबाट छनोट भएका ज्येष्ठ नागरिकसहित अन्य आँखाका बिरामीलाई लक्षित गरी देवस्थलस्थित नगर अस्पतालमा शिविर सञ्चालन गरिएको हो । शल्यक्रियापछि पुनः स्पष्ट रूपमा देख्न पाएको भन्दै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।
मोतियाबिन्दुका कारण दृष्टि गुमाउँदै गएका नागरिकलाई पालिकामै निःशुल्क उपचार र शल्यक्रियाको व्यवस्था भएपछि आर्थिक रूपमा कमजोर परिवारका नागरिकलाई सहज भएको नगरपालिकाले जनाएको छ ।
शिविर समापन कार्यक्रममा नगर प्रमुख कर्णबहादुर बुढाथोकीले स्थानीय सरकार जनताको घरदैलोमै रहेको अनुभूति गराउने कामका रूपमा शिविरलाई लिनुपर्ने बताउनुभयो । “आँखाको उपचारका लागि सुर्खेत वा नेपालगञ्ज पुग्दा एक जना नागरिकको ५० हजार रुपियाँभन्दा बढी खर्च हुन सक्छ,” उहाँले भन्नुभयो, “नागरिकलाई आर्थिक भार र उपचारका लागि बाहिर जानुपर्ने झन्झट नहोस् भनेर पालिकामै शिविर सञ्चालन गरिएको हो ।”
नगर प्रमुख बुढाथोकीले आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई लक्षित गरी आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा सञ्चालन गरिने बताउनुभयो ।
बनगाड कुपिण्डे नगरपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग, रुइत फाउन्डेसनको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा देवस्थलको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । नगरपालिकाले नागरिकको आँखासम्बन्धी समस्या समाधानका लागि वर्षेनी यस्तो शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
शिविरमा आँखा रोग विशेषज्ञ डा. अमितकुमार यादवसहित नेत्र सहायक अंकित सुनार, आँखा उपचार केन्द्र देवस्थलका मनिष रामिझाल, दिनेश घर्तीमगर, पुष्कर पाण्डे, विजया भट्टराई, सूचना बम र प्रेमबहादुर खत्रीलगायतको प्राविधिक टोलीले सेवा दिएको थियो ।
समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा देवस्थलका सभापति पुष्कर बिसी, वडा अध्यक्ष गणेश बिसीलगायतको सहभागिता थियो ।
कपुरकोटमा स्मार्ट हुलाक सेवा सुरु
हुलाक सेवालाई डिजिटल, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारी योजनाअनुसार सल्यानको कपुरकोट
कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ
कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ सल्यानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन
नेपाली कांग्रेस सल्यानको मतदान भोलि बिहान ९ बजेदेखि हुने
नेपाली कांग्रेस सल्यानको दुई निर्वाचन क्षेत्र तथा महाधिवेशन प्रतिनिधि चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ९ बजेदेखि हुने भएको छ। केही
प्रतिकृया दिनुहोस