नेपाली कांग्रेस सल्यानको मतदान भोलि बिहान ९ बजेदेखि हुने
नेपाली कांग्रेस सल्यानको दुई निर्वाचन क्षेत्र तथा महाधिवेशन प्रतिनिधि चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ९ बजेदेखि हुने भएको छ।
केही दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान प्रक्रिया निर्धारित समयभन्दा पछाडि धकेलिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन संयोजक धिरेन्द्र सापकोटाका अनुसार मतपत्र छपाइमा भएको ढिलाइका कारण आज मतदान सुरु गर्न नसकिएको हो। उहाँले आवश्यक तयारी पूरा गरी भोलि बिहान ९ बजेदेखि मतदान प्रक्रिया सुरु गरिने जानकारी दिनुभएको छ।
यता मतदानका लागि जिल्लाका विभिन्न स्थानबाट आएका मतदाताहरू भने मतदानमा ढिलाइ भएपछि आक्रोशित बनेका छन्। घण्टौँदेखि मतदानको प्रतीक्षामा रहेका मतदाताले निर्वाचन व्यवस्थापनप्रति प्रश्न उठाउँदै तत्काल मतपत्र उपलब्ध गराई मतदान प्रक्रिया सुरु गर्न दबाब दिएका थिए।
तर, मतपत्र छपाइको काम समयमै सम्पन्न हुन नसकेपछि आज मतदान हुन सकेन। नेपाली कांग्रेसको जारी अधिवेशनअन्तर्गत सल्यानमा दुई निर्वाचन क्षेत्रका क्षेत्रीय प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुन लागेको हो।
कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ
कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ सल्यानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन
छत्रेश्वरीमा २०९ जनालाई चस्मा
सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ
सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी
सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने
प्रतिकृया दिनुहोस