कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ
कृषि आधुनिकीकरण कार्यक्रमबारे सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ
सल्यानमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालन भएका कार्यक्रमका उपलब्धि, प्रभाव तथा आगामी दिनमा गर्नुपर्ने कामका विषयमा सरोकारवालाबीच अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सल्यानको आयोजनामा आइतबार जिल्ला सदरमुकाम खलंगास्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा गत आर्थिक वर्ष २०८२÷८३ मा कार्यालयमार्फत सञ्चालन भएका कार्यक्रम तथा हासिल भएका उपलब्धिका साथै आगामी दिनमा गर्नुपर्ने कामका विषयमा जानकारी गराइएको थियो । यस्तै सल्यान र रुकुम पश्चिममा सञ्चालन भइरहेका जोन तथा कार्यक्रम लागू भएका क्षेत्र र वडाका विषयमा समेत जानकारी गराइएको थियो । कार्यक्रममा प्रस्तुतीकरण गर्दै कार्यालयका कार्यक्रम अधिकृत रत्नबहादुर डाँगीले सल्यान र रुकुम पश्चिममा गरी सातवटा जोन क्षेत्रमा कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अदुवा–बेसार जोन, तरकारी तथा तरकारी बीउ, धान, मकै, सुन्तलाजातका फलफूल र ओखरलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रम लागू भएका क्षेत्रका किसानले प्राप्त गरेको लाभ, कृषि उत्पादनमा भएको सुधार तथा कार्यक्रमबाट भएका उपलब्धिका विषयमा समेत जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले कृषि क्षेत्रमा कार्यक्रमको क्षेत्र विस्तार हुँदै गए पनि किसान अझै आत्मनिर्भर बन्न नसकेको बताउनुभयो । कृषि पेसाप्रति आकर्षण बढाउन नसक्दा पछिल्लो समय खेतीयोग्य जमिन बाँझिँदै गएको भन्दै उहाँले किसानलाई कृषि पेसामै टिकाइराख्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले उपलब्ध गराउने अनुदानको सही सदुपयोग हुनुपर्ने र अनुदान वितरण प्रणालीलाई समेत सहज बनाउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका उपप्रमुख असविर बुढाथोकीले हालसम्म सञ्चालन भएका कार्यक्रम उपलब्धिमूलक देखिएको बताउनुभयो । आगामी दिनमा किसानलाई सहज रूपमा सेवा पुग्ने र उनीहरूको आवश्यकता सम्बोधन हुने खालका कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीले किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो। किसानले उत्पादन गरेको वस्तुले सहज रूपमा बजार पाउने वातावरण बनाउन किसान र सरकारी निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ सल्यानका प्रमुख अनिल वानियाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको प्रमुख आतिथ्यता तथा उपप्रमुख असविर बुढाथोकी र प्रमुख जिल्ला अधिकारी वन्दना कुमारी केसीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कृषि विकास कार्यालय सल्यानका प्रमुख गणेश अधिकारी, अदुवा बाली अनुसन्धान केन्द्रका प्रमुख नवीन रावत, पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख डा. अनुप श्रेष्ठ तथा स्थानीय तहका कृषि शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम कार्यालयका दीपेन्द्रप्रसाद कुर्मीको स्वागत मन्तव्यबाट सुरु भएको थियो । सो अवसरमा वर्षभरि उत्कृष्ट काम गरेको भन्दै कार्यालय सहयोगी सेवक राईलाई सम्मानसमेत गरिएको थियो ।
नेपाली कांग्रेस सल्यानको मतदान भोलि बिहान ९ बजेदेखि हुने
नेपाली कांग्रेस सल्यानको दुई निर्वाचन क्षेत्र तथा महाधिवेशन प्रतिनिधि चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान ९ बजेदेखि हुने भएको छ। केही
छत्रेश्वरीमा २०९ जनालाई चस्मा
सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ
सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी
सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने
प्रतिकृया दिनुहोस