खडेरीका कारण खेत बाँझै
सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान, मकै, कोदोलगायत बर्खेबालीमा असर देखिन थालेको हो ।
विशेष गरी वनगाण् कुपिन्डे नगरपालिकाका धेरै किसान यतिबेला सिँचाइको अभावले चिन्तित छन् । वनगाडखोला, माझकाँडाखोला तथा सुनौलीखोलामा पानीको बहाब उल्लेख्य रूपमा घटेपछि ती स्रोतमा निर्भर सिँचाइ प्रणाली प्रभावित भएको नगरपालिकाले जनाएको छ । खेतमा पानी अभावकै कारण धान रोपाइँ हुन नसकेको तथा रोपिएको धानमा समेत आवश्यक सिँचाइ गर्न समस्या भएको किसानले बताएका छन् ।
नगरपालिकाको कृषि शाखाका अनुसार पर्याप्त वर्षा नहुँदा पाखो बारीमा लगाइएको धान, मकै, कोदो तथा अन्य बर्खेबालीमध्ये करिब ३९ प्रतिशत क्षेत्रफल प्रभावित भएको आकलन छ । त्यसै गरी ४३ प्रतिशत धान खेतीमा पनि पानीको अभावका कारण असर परेको छ । विशेष गरी वडा नं १, ४, ५ र ६ लगायतका क्षेत्रमा पर्याप्त पानी नपर्दा बर्खेबालीमा समस्या भएको कृषि शाखा प्रमुख कृषि अधिकृत नारायणप्रसाद बेल्वासेले जानकारी दिनुभयो । हाल देखिएको पानीको अभाव जलवायु परिवर्तनको प्रभावसँगै वनविनाश, जथाभाबी सडक निर्माण, पानीका मुहान सुक्दै जानुलगायतका प्राकृतिक र मानवीय कारणको संयुक्त परिणाम हुन सक्ने उहाँको भनाइ छ ।
वनगाण्खोला र सुनौलीखोलामा पानीको मात्रा घटेकाले तल्लो क्षेत्रका किसानले खेतमा पानी पु¥याउन नसक्दा खेतीयोग्य जमिन बाँझै छोड्न बाध्य भएका छन् । रोपाइँ सम्पन्न भएका खेतमा समेत पानीको अभावले जमिन चिरा पर्न थालेको बताइएको छ । किसानका अनुसार धान रोपेपछि पर्याप्त सिँचाइ गर्न नपाउँदा बोट सुक्ने, रोग लाग्ने र उत्पादन घट्ने जोखिम बढेको छ । वनगाढखोलाको सिरान क्षेत्रमा पानी सुक्दै जाँदा किसान रातभर पालैपालो पानी लगाउन जाग्राम बस्नुपर्ने उनीहरूको भनाइ छ । यस वर्ष पाखो बारीमा लगाइएको मकसमेत सुक्न थालेको छ ।
वनगाढको चार हजार ८७१ हेक्टर पाखो बारी र ९७५ हेक्टर खेत गरेर जम्मा पाँच हजार ८४६ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । समयमै पर्याप्त वर्षा वा वैकल्पिक सिँचाइको व्यवस्था हुन नसके बर्खेबाली उत्पादनमा उल्लेख्य गिरावट आउने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन
सल्यान, बनगाड कुपिण्डे नगरपालिका– ९, जयतपानीस्थित कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले
बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न, रु. ७७ करोड २३ लाखभन्दा बढीको बजेट पारित
बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा
बागचौरको रु. ७७ करोड २३ लाखको बजेट पारित
बागचौर नगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० को बजेट, नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक सर्वसम्मत
प्रतिकृया दिनुहोस