• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

बागचौरको रु. ७७ करोड २३ लाखको बजेट पारित

बागचौर नगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० को बजेट, नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ। आगामी आर्थिक वर्षमा उत्पादन वृद्धि, पूर्वाधार विकास, गुणस्तरीय सेवा प्रवाह र सुशासनलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख जनकराज गौतमको अध्यक्षतामा बसेको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि सदस्यहरूले विस्तृत छलफल गरेका थिए। छलफलका क्रममा प्राप्त सुझावलाई समेट्दै नीति तथा कार्यक्रम, बजेट तथा आर्थिक विधेयक सर्वसम्मत रूपमा अनुमोदन गरिएको हो।

पारित बजेटअनुसार चालु खर्चतर्फ रु. ५५ करोड ७८ लाख ११ हजार २७९ र पुँजीगत खर्चतर्फ रु. २१ करोड ४५ लाख ६४ हजार ५१ विनियोजन गरिएको छ। कुल बजेटमध्ये चालु खर्चको हिस्सा बढी भए पनि उत्पादनमूलक, रोजगारी सिर्जना गर्ने र पूर्वाधार निर्माणसँग सम्बन्धित योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ।

नगर प्रमुख गौतमले स्थानीय आवश्यकता, उपलब्ध स्रोत–साधन र नागरिकको अपेक्षालाई आधार बनाएर बजेट तयार गरिएको बताउनुभयो। शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक, पर्यटन, सामाजिक सुरक्षा तथा सुशासनका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी सेवा प्रवाहलाई थप सहज र गुणस्तरीय बनाइने उहाँको भनाइ थियो।

नगरसभामा सहभागी सदस्यहरूले विकास योजनाको प्रभावकारी कार्यान्वयन, बजेट खर्चमा पारदर्शिता, स्थानीय स्रोतको अधिकतम परिचालन तथा कृषि र रोजगारी प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने सुझाव दिएका थिए।

नगरपालिकाले आगामी आर्थिक वर्षमा समावेशी विकास, उत्पादन वृद्धि, पूर्वाधार विस्तार, सार्वजनिक सेवा सुधार तथा सुशासन प्रवर्द्धनलाई मुख्य लक्ष्य बनाएर योजना कार्यान्वयन गरिने जनाएको छ। नगरसभामा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सञ्चारकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

खडेरीका कारण खेत बाँझै

सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान, मकै,

कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

सल्यान, बनगाड कुपिण्डे नगरपालिका– ९, जयतपानीस्थित कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले

बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न, रु. ७७ करोड २३ लाखभन्दा बढीको बजेट पारित

बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा