• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

सल्यान, बनगाड कुपिण्डे नगरपालिका– ९, जयतपानीस्थित कुपिण्डेहदह स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नगर प्रमुख कर्णबहादुर बुढाथोकीले भवन उद्घाटन गर्नुभएको हो । उहाले  स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाइ तथा भौतिक पूर्वाधार विकासलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले गाउँमै गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको उल्लेख गर्नुभयो। आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्थापन गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा नगरपालिका निरन्तर लागिरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम आचार्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि भौतिक पूर्वाधारसँगै दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताउनुभयो।

नगरपालिकाका इञ्जिनियर महेश देवकोटाले भवन निर्माणको प्राविधिक पक्षबारे जानकारी दिँदै करिब ९५ लाख रुपैयाँ लागतमा निर्धारित मापदण्डअनुसार भवन निर्माण सम्पन्न गरिएको बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य चौकीसम्म पुग्ने कच्ची सडक र परिसर (मैदान) समेत निर्माण गरिएको छ।

वडा नं. ९ का अध्यक्ष रुद्रबहादुर परियारले स्वास्थ्य सेवा नागरिकको दैनिक आवश्यकतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले नवनिर्मित भवनले स्थानीयवासीलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भवनसँगै आवश्यक स्वास्थ्यकर्मी, औषधि र उपकरणको व्यवस्थापनलाई पनि निरन्तर प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्यचौकी प्रमुख होमबहादुर चन्दले नवनिर्मित भवन सञ्चालनमा आएसँगै मातृ तथा शिशु स्वास्थ्य, खोप, परिवार नियोजन, सामान्य उपचारलगायतका आधारभूत स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन हुने बताउनुभयो। सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यचौकी प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा समाजसेवी कृष्णबहादुर खड्काले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र उपकरणको नियमित व्यवस्थापनमा विशेष ध्यान दिन नगरपालिकासँग आग्रह गर्नुभयो।

कुपिण्डेहदह स्वास्थ्य चौकीले बनगाड कुपिण्डे नगरपालिका– ९सहित आसपासका बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। नवनिर्मित भवन सञ्चालनमा आएपछि स्वास्थ्य सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री बन्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुणस्तरीय बनाउने उद्देश्यले निर्माण सम्पन्न भएको भवन उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस

खडेरीका कारण खेत बाँझै

सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा परेको छ । वर्षायामको मध्यतिर पुग्दा पनि पर्याप्त पानी नपरेकाले धान, मकै,

बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न, रु. ७७ करोड २३ लाखभन्दा बढीको बजेट पारित

बागचौर नगरपालिकाको १६औँ नगरसभा सम्पन्न भएको छ। नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० बराबरको बजेट, नीति तथा कार्यक्रम तथा

बागचौरको रु. ७७ करोड २३ लाखको बजेट पारित

बागचौर नगरपालिकाको १६औँ नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ७७ करोड २३ लाख ७५ हजार ३३० को बजेट, नीति तथा कार्यक्रम तथा आर्थिक विधेयक सर्वसम्मत