• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न, मतगणना आजै राति बाट

बैशाख ८, सल्यान 

सल्यान उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान पाँचबजेसम्म निर्धारण गरिएको थियो । निर्वाचन समितिका अनुसार १ हजार ४ सय ९५ मत खसेको छ । २१ पदका लागि ४२ जना उम्मेदवारहरुको प्रतिस्पर्धामा १९२६ मतदाता मध्ये १४९५ जनाले मतदान गरेका छन् । 
मतपेटिका सिल संगै बांकी प्रक्रिया सुरु हुने निर्वाचन संयोजक वीर बहादुर सेजवालले जनाएका छन् । निर्वाचन समितिले सम्बन्धित उम्मेद्वार तथा सरोकारवाला संग बैठक बसेर आवश्यक आचारसंहिता तथा नियम बनाउने छ ।  सम्भव त आज राती ९,१०  बजेदेखी नै मतगणना सुरु हुनेछ । मतगणना स्थलको सुरक्षाको लागि तार जाली र सिसि क्यामेरा संगै सुरक्षाकर्मिको प्रवन्ध मिलाइएको छ ।
आगामी नयाँ नेतृत्वको लागि दुई वटा प्यानल बनाएर उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् ।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेतले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन् ।

 

प्रतिकृया दिनुहोस

सल्यानमा वनमा लागेको आगो बस्तीमा पस्दा  ८ घरगोठ जली नष्ट 

वैशाख १९,सल्यान  सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका छन् । लेखपोखराको

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानमा हत्या आरोपमा ११ जना पक्राउ

बैशाख १३, सल्यान  सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका–५ काल्चेमा विवाहको भोज