• सोमबार २-७-२०८१/Monday 05-20-2024

सल्यानमा वनमा लागेको आगो बस्तीमा पस्दा  ८ घरगोठ जली नष्ट 

वैशाख १९,सल्यान 
सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका छन् । लेखपोखराको दियारगाउँ स्थित महेन्द्र बहुमुखी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पुग्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँका ५ घर र ३ गोठ डढेलोले जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दिउँसो महेन्द्र बहुमुखी सामुदायिक बनमा लागेको डढेलो सल्कदै गाउँसम्म पुग्दा स्थानीयहरुको घर तथा गोठहरु पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो  । उहाँका अनुसार छत्रेश्वरी ५ दियारगाउँ बस्ने थल बहादुर घर्तीको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरु जली पूर्ण रुपमा नष्ट भएको छ । यस्तै सोही ठाउँ निवासी धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् । जिल्लाका अन्य वनक्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।

प्रतिकृया दिनुहोस

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२