• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024

सल्यान उद्योग वाणिज्य संघ सल्यानको मतदान सुरु

बैशाख ८, सल्यान 
सल्यान उद्योग वाणिज्य संघको नया नेतृत्व चयनका लागि अहिले बिहान ७ बजेदेखी मतदान सुरु भएको छ । श्रीनगर स्थित उद्योग वाणिज्य संघको हलमा मतदान सुरु भएको हो । सल्यान प्रदेशसभा (क) का सदस्य तथा कर्णाली प्रदेश सरकारका निवर्तमान भुमी, व्यवस्था तथा कृषी सहकारी मन्त्री भिमप्रकाश शर्माले पहिलो मत खसाल्नु भएको छ् । आगामी नयाँ नेतृत्वको लागि दुई वटा प्यानल बनाएर उम्मेदवारहरु निर्वाचनमा होमिएका छन् ।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको समर्थनमा संयुक्त व्यवसायिक प्यानलबाट अध्यक्षमा बिरेन्द्र श्रेष्ठ र नेपाली कांग्रेस र राप्रपाको समर्थनमा संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट भरत बस्नेतले अध्यक्ष पदमा प्रतिष्पर्धा गर्दैछन् । 
सल्यान उद्योग वाणिज्य संघको निर्वाचनमा २१ पदका लागि ४२ जना उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दैछन् । जिल्लाभर एक हजार ९२६ जना मतदाता रहेको निर्वाचन संयोजक वीर बहादुर सेजवालले जानकारी दिनुभयो ।  संयुक्त व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र कुमार थापा, वाणिज्य उपाध्यक्षमा राजेन्द्र बहादुर भण्डारी, उद्योग उपाध्यक्षमा पलविर नेपाली, महासचिवमा मोहन सारु, सचिवमा रन बहादुर खडका र कोषाध्यक्षमा नरेन्द्र बुढा मगरले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै संयुक्त लोकतान्त्रिक व्यवसायिक प्यानलबाट वरिष्ठ उपाध्यक्षमा धिरज केसी, वाणिज्य उपाध्यक्षमा चन्द्र बहादुर बुढा, उद्योग उपाध्यक्षमा हपिस भण्डारी, महासचिवमा मान बहादुर वली, सचिवमा ईन्द्रा भण्डारी र कोषाध्यक्षमा कमल घर्तिमगरले प्रतिष्पर्धा गदैहुनुहन्छ् । अपराह्न ४ बजे सम्म मतदानको समय निर्धारण गरिएको छ । मतदान सम्पन्न भएलगतै मतगणना कार्य सुरु हुने निर्वाचन समितिले जनाएको छ । मतगणना स्थलको पनि तयारी भैसकेको छ भने मतगणना स्थललाइ सुरक्षित राख्न तारजाली लगाइएको छ ।
 

प्रतिकृया दिनुहोस

सल्यानमा वनमा लागेको आगो बस्तीमा पस्दा  ८ घरगोठ जली नष्ट 

वैशाख १९,सल्यान  सल्यानको छत्रेश्वरी गाउँपालिका ५ लेखपोखरामा सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका छन् । लेखपोखराको

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान  भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा

सल्यानमा हत्या आरोपमा ११ जना पक्राउ

बैशाख १३, सल्यान  सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका–५ काल्चेमा विवाहको भोज