• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

सल्यानबाट चार हजार ५ सय ८२ बिद्यार्थी एसइई परिक्षामा सहभागी हुँदै

चैत्र १४, सल्यान 
भोली बाट सञ्चालन हुन लागेको माध्यामिक शिक्षा परिक्षा एसइई मा सल्यान बाट ४ हजार ५ सय ८२ जना बिद्यार्थीले परिक्षा दिदैछन । जिल्लाभरका ८२ वटा सामुदायिक बिद्यालय, ८ वटा सस्थागत र १ खुल्ला बाट गरि ४ हजार ५ सय ८२ जना बिद्यार्थी एसइइ परिक्षामा सहभागि हुन लागेको शिक्षा बिकास तथा समन्वय इकाइ सल्याले जनाएको छ ।
जिल्लाभरका सामुदायिक विद्यालयबाट ४ हजार ४ सय ३१ जना र संस्थागत विद्यालयबाट १ सय ५१ जनाले एसईई परीक्षा दिन लागेका हुन् ।  तीमध्ये तिन  हजार १ सय ७ जना छात्रा र दुई हजार ४ सय ७५ जना छात्र रहेको इकाइ प्रमुख लाल बहादुर घर्तिमगरले जानकारी दिनुभयो । उहाँका अनुसार परिक्षाको लागि जिल्ला भरि २५ वटा परिक्षा केन्द्र तोकिएको छ । यो वर्ष नियमिततर्फ चार हजार  पाँच सय ८२ र ग्रेड वृद्धिका ३७ जना विद्यार्थीले परीक्षा दिन लागेको उहाँले बताउनु बताउनु भयो ।
त्यसमध्ये जिल्ला कारागार सल्यानका एक जना कैदीले परीक्षा दिन लागेको उहाँले बताउनु भयो । एसईई परीक्षा दिनेमा २ सय ९२ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् । यो वर्ष सबैभन्दा बढी शारदा माध्यामिक विद्यालय शंखमुल परिक्षा केन्द्रबाट २ सय ९५ जना र सबैभन्दा कम जनज्वती माध्यामिक बिद्यालयको परिक्षाकेन्द बाट ९९ जनाले परिक्षा दिन लागेका छन । यस्तै बिद्यालय तर्फ सबैभन्दा कम त्रिबेणी माबि टोटके बाट ५ जना र सबै भन्दा बढि शिवजन माबि बाट १ सय ५४ जना रहेका छन । यो वर्ष गत वर्षको तुलनामा ४ सय जना विद्यार्थी घटेका छन ् । परिक्षाको लागि २५ वटा परिक्षा केन्द्रमा सुरक्षाकर्मी बाहेक ४ सय २३ भन्दा बढि जनशक्ति परिचालन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

कुमाख गाउँपालिकामा २ सय १३ जनाले रोजगार पाए 

 बैशाख १४,सल्यान सल्यानको गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय १३ जना स्थानीयले रोजगारी

सल्यान उद्योग बाणिज्य संघ सल्यानको निर्वाचनमा संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार बिजयी

सल्यान, ९ बैशाख । सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ र उनी नेतृत्वको प्यानलले नै जित निकालेको छ । नेकपा एमाले, नेकपा

सल्यान उद्योग बाणिज्य संघ सल्यानको अध्यक्षमा श्रेष्ठ सहित संयुक्त व्यवसायिक प्यानलका सबै उम्मेदवार बिजयी

सल्यान, ९ बैशाख । सल्यान उद्योग वाणिज्य संघको अध्यक्षमा बिरेन्द्र कुमार श्रेष्ठ र उनी नेतृत्वको प्यानलले नै जित निकालेको छ । नेकपा एमाले, नेकपा