• शनिबार १-१५-२०८१/Saturday 04-27-2024

एक–अर्काका नजरमा दिलिप र रमेश

नेपाली फिल्म क्षेत्रमा अभिनयसँगै राम्रो नृत्य कला भएको अभिनेतामा पर्छन् रमेश उप्रेती र दिलीप रायमाझी । रमेश उप्रेती स्थापित भएपछि कलाक्षेत्रमा प्रवेश गरेका दिलीपले लगातार हिट फिल्महरू दिएका छन् । दिलीपको आगमनसँगै दुवै एकै समयमा धेरै रुचाइएका अभिनेताका रूपमा परिचित भए । त्यतिवेला दिलीपले खेलेका अधिकांश फिल्म रमेशले छाडेका हुन् भन्ने चर्चा चल्ने गरेको थियो । केही समय फिल्म क्षेत्रबाट टाढिएका यी दुई अभिनेताको पुनरागमन भएको छ । मिल्ने साथीका रूपमा समेत रहेका रमेश र दिलीपलाई ‘एकको नजरमा अर्को’ कस्ता रहेका छन् भनेर नयाँ पत्रिकाले बुझ्ने प्रयास गरेको छः 

रमेशको नजरमा दिलीप

 दिलीप रायमाझीलाई चिनेको कति भयो ?
हाम्रो चिनजान भएको धेरै भयो । ०५२ तिर होला, हाम्रो चिनजान भएको । हामीसँगै डान्स सिक्थ्यौँ । राजश्रीमा म, दिलीप, सुशील क्षेत्रीलगायत अन्य साथीहरू हुनुहुन्थ्यो । जहाँ राजु शाह सरले सिकाउनुहुन्थ्यो । त्यस वेलादेखिको हाम्रो मित्रता हो । 

 तपाईंहरू दुईबीचको सम्बन्ध कस्तो छ ?
हाम्रो सम्बन्ध धेरै पुरानो हो । परिचय भएदेखि नै हामी असल साथीका रूपमा रहँदै आएका छौँ । हाम्रो सम्बन्ध सधैँ सुमधुर छ, रहन्छ पनि । किनभने हाम्रो सम्बन्धमा असर पर्ने केही कारण नै छैन । हामीबीच संघर्षको दिनदेखि अहिलेसम्म कहिल्यै मनमुटाव भएको याद छैन । हामी परममित्रका रूपमा छौँ । फिल्मचाहिँ दुईवटा मात्रै सँगै गरेका छौँ । व्यक्तिगत सम्बन्धको हिसाबले नजिकका साथी हौँ ।

 दिलीपको व्यक्तिगत स्वभाव कस्तो छ ?
हाम्रो स्वभावचाहिँ फेरि एकदम अपोजिट छ । उनी एकदम फ्रेन्ड्ली छन् । जोकोहीसँग सहजै घुलमिल हुन सक्छन् । जोसँग पनि बोल्न थालिहाल्छन् । म एकदम रिजर्भ छु । जोकोहीसँग घुलमिल हुन सक्दिनँ । म फ्रेन्ड्ली छु, तर घुलमिल भइसकेको व्यक्तिसँग मात्रै । उनी एकदम राम्रा ह्युमन विइङ हुन् । 

 एउटै क्षेत्रमा भएकाले दिलीपको आगमनपछि असुरक्षाको अनुभव भयो कि भएन ?
फिल्ममा कलाकारको हिसाबमा मभन्दा उनी सिनियर हुन् । म फिल्म खेल्नुअघि नै उनले धेरै फिल्ममा असिस्टेन्ट कोरियोग्राफरका रूपमा काम गरिसकेका, गरिरहेका थिए । दिलीपभन्दा धेरै पछि म प्रवेश गरेँ । मैले नायकका रूपमा गरेँ, फरक त्यत्ति हो । त्यसमाथि म र दिलीपमा तुलना नै भएन । उनी आफ्नो क्षमता र खुबीले आए । म मेरो खुबी र क्षमताले । 

हामी आ–आफ्नै विशेषता राख्छौँ । आ–आफ्नै क्षमताले स्थापित भयौँ । त्यसले गर्दा म दिलीप नायकका रूपमा आउँदा एकदम खुसी थिएँ । पछि, मभन्दा पनि चर्चित भए । स्टारडम बनाउन सफल भए । तर, त्यसले असुरक्षितभन्दा पनि खुसी बनाउँथ्यो । क्षमता अथवा आत्मविश्वास नभएको भए असुरक्षित अनुभव हुन सक्थ्यो होला । संघर्षका दिनमा सँगै हिँड्दा हामीलाई हावाहुरीले उडाउन खोजेकोजस्ता रमाइला अनुभव छन् । हामी एक–अर्काको शुभचिन्तक हौँ । त्यसले गर्दा कहिल्यै पनि ईष्र्या भएन, हुँदैन । 

 दिलीपको अभिनयमा सुधार गर्नुपर्ने केही छ ?
म त देख्दिनँ । दिलीप रायमाझी बहुप्रतिभाशाली कलाकार हुन् । उसको अभिनय गजबको छ । डान्स त्यस्तै अब्बल छ । सायदै नेपाली फिल्मले दिलीपजस्तो कलाकार पाउँछ होला । हरेक कोणबाट पर्फेक्ट छ । उनको व्यक्तिगत व्यवहारमा मलाई लागेको कमजोर पक्ष भन्दै पनि आएको छु । व्यक्तिगत रूपमा अथवा मिडियामा उनको कमजोरीको विषयमा बोल्दै आएको छु । तर, एउटा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण उनमा छ । उनको सहजै उपलब्ध हुने बानी मलाई सही हो जस्तो लाग्दैन । एउटा सेलेब्रिटीले लगाउने पहिरनदेखि लिएर बोल्ने, खाने शैलीमा समेत विशष सचेत रहनुपर्छ । आममान्छेभन्दा केही फरक हुनुपर्छ भन्ने लाग्छ । त्यसले गर्दा उनको कमजोर पक्ष योभन्दाबाहेक अरू केही छ जस्तो मलाई चाहिँ लाग्दैन । अहिले अलिकति वजन बढेको छ उनको । त्यसैले फिटनेसमा ध्यान दिन जरुरी छ । दिलीप ‘कम्प्लिट प्याकेज’ हुन् । 

 दुवैजनाले कमब्याक गर्नुभएको छ । सँगै काम गर्ने सम्भावना कत्तिको छ ?
हाम्रो कमब्याक भएका छौँ । सँगै काम गर्नुपर्छ है भनेर मैले अनौपचारिक गफमा दिलीपलाई भन्नचाहिँ भनेको थिएँ । तर, समय परिस्थिति कस्तो हुन्छ, थाहा छैन । सम्भावना छ । 

हामी आ–आफ्नै विशेषता राख्छौँ । आ–आफ्नै क्षमताले स्थापित भयौँ । त्यसले गर्दा म दिलीप नायकका रूपमा आउँदा एकदम खुसी  थिएँ । संघर्षका दिनमा सँगै हिँड्दा हामीलाई हावाहुरीले उडाउन खोजेकोजस्ता रमाइला अनुभव छन् । हामी एक–अर्काको शुभचिन्तक हौँ ।

दिलीपको नजरमा रमेश

 रमेश उप्रेतीलाई चिनेको कत्ति भयो ? 
उनी फिल्म लाइनमा आउनुअघि नै हाम्रो चिनजान थियो । हामी राजु शाह सरकोमा डान्स सिक्थ्यौँ, राजश्री सेन्टरमा । ०५२ तिर होला । त्यहाँदेखि नै हामी 
मिल्ने साथी हौँ । 

 दुवैको सम्बन्ध कस्तो रह्यो ? अहिले सम्बन्ध कस्तो छ ?
हाम्रो सम्बन्ध एकदम राम्रो छ । मभन्दा अगाडि उनी फिल्ममा आएका हुन् । मैले गरेका अधिकांश फिल्म पनि उनले छाडेका फिल्महरू हुन् । उनी व्यस्त भएर गर्न नभ्याएका फिल्महरू मैले गरेको छु । त्यसले गर्दा धेरैले हाम्रो सम्बन्धलाई शंकाको दृष्टिले हेर्ने गर्थे । हामी दुईलाई प्रतिस्पर्धीका रूपमा लिने पनि थिए । तर, हाम्रो सम्बन्ध सधैँ सुमधुर रह्यो । संयोगवश फिल्मचाहिँ दुईवटा मात्रै गरेका छौँ । फिल्म भन्ने कुरा हामीले चाहेर हुने होइन, त्यो मेकरहरूको हातमा हुने भएकाले त्यस्तो भएको हो । हाम्रो सम्बन्ध अझै सुमधुर छ ।

 उनको व्यक्तिगत स्वभाव कस्तो छ ?
रमेश कडा परिश्रमी व्यक्ति हुन् । उनी भिलेनको रोलबाट फिल्ममा प्रवेश गरेका हुन् । त्यसवेला उनको ज्यान मोटो थियो । पहिलोपटक एकदम ह्यान्डसम युवा भिलेनको रोलमा देखिएका थिए । उनको अभिनय कौशल देखेर दीपक रायमाझी सरले हिरोमा अफर गर्नुभयो । त्यसपछि उनले यति मिहिनेत गरे कि केही समयमा नै एकदम फिट, अहिले जस्तो छ त्यस्तो बनाए । त्यसले मलाई एकदम चकित बनायो । उनको त्यो मिहिनेत र लगनले म पनि धेरै इन्स्पायर्ड भएको थिएँ । अहिलेसम्म उनले आफ्नो स्टार फिगर मेन्टेन गरेर 
राखेका छन् । 

एउटै क्षेत्रमा भएकाले असुरक्षा महसुस भयो कि भएन ?
मलाई चाहिँ भएन । किनभने उनी स्टार भइसकेपछि मैले प्रवेश गरेको हुँ । त्यसमा पनि अधिकांश उनले गर्न नभ्याएका फिल्महरू गरेको छु । त्यसले गर्दा उनी मेरो पछि हुन्थे भने असुरक्षा महसुस हुन सक्थ्यो । तर, म उनको पछि–पछि आएको भएर केही डर भएन । 

 रमेशको अभिनयमा सुधार गर्नुपर्ने केही छ ?
फिल्ममा उनी मभन्दा सिनियर हुन् । उनी अब्बल छन् भनेर म आउनुअघि नै प्रमाणित भइसकेको थियो । दर्शकले सयमा सय नम्बर दिइसक्नुभएको थियो । व्यक्तिगत रूपमा मलाई उनको अभिनय र डान्स मन पर्छ । राम्रो छ । व्यक्तिगत स्वभावमा पहिला पहिला, त्यो हुन्छ नि एक उमेरमा झनक्क रिसाउने, त्यस्तै थिए । अहिले त्यस्तो छैन । एकदम कुल छन् । म उनले सुधार्नुपर्ने केही देख्दिनँ ।

तर, अस्ति भर्खर मात्रै हाम्रो पारिवारिक भेटघाटमा कुराकानी गर्दा नाच्न सक्दिनँ भन्नेजस्तो कुरा गरेका थिए । मैले भनेको थिएँ– तिमीजस्तो मिहिनेतीले नसक्ने कुरा आउँदैन, तिमीले फेरि डान्सलाई समय दिनुपर्छ । साथी भएकाले र फिल्ममा कमब्याक गरेको भएरचाहिँ डान्सलाई अलिकति समय दिनुपर्छ भन्ने लाग्छ । 

 दुवैजनाले कमब्याक गर्नुभएको छ । सँगै काम गर्ने सम्भावना छ ?
काम गर्ने मन पक्कै छ । मैले अघि पनि भनेँ– यो हामी दुईको इच्छाले हुने कुरा होइन । मेकरहरूको इच्छाले हुने हो । हेरौँ, कोही मेकरले हामीलाई लिएर बनाउनुहुन्छ भने त नगर्ने कुरै छैन । अवश्य गर्नेछौँ ।

प्रतिकृया दिनुहोस

बैंकको नाफालाई मात्रै होइन योगदानलाई पनि हेर्नुपर्छ :

   सुनील केसी:  उद्योगी–व्यवसायीले कर्जाको ब्याजदर उच्च भएको भन्दै ब्याजदर घटाउन प्रधानमन्त्रीलाई नै गुहारे । यद्यपि, सरकारले ब्याजदरमा

रिचार्जर एपमा शतप्रतिशत क्यासब्याक दिइरहेका छौँ : अलाइभ ग्लाइडर

अनलाइन भुक्तानी र अनलाइनबाटै सामान खरिद–बिक्रीका लागि विभिन्न सेवाप्रदायक सक्रिय छन् । तर, दुवै किसिमको सेवा एकै ठाउँबाट लिन सकिने एपको रूपमा भने

काम उत्कृष्ट गरेको छु तर नम्बर किन कम आयो थाहा भएन : रवीन्द्र अधिकारी

कठघरामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी अभियोग १ : संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने