रास्वपाको दार्मामा पालिका कार्यालय उद्घाटन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्मा गाउँपालिकाले फारुलाचौरमा पार्टीको पालिका कार्यालय उद्घाटन गरेको छ। पार्टीका प्रतिनिधिसभा सदस्य रमेश कुमार सापकोटाले कार्यालयको उद्घाटन गर्नुभएको हो।
कार्यालय उद्घाटनपछि आयोजित पालिकास्तरीय अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा सहभागीले विकास, सुशासन र समृद्धिलाई प्राथमिकता दिएर काम गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन्। उनीहरूले जनताका आवश्यकता र समस्यालाई केन्द्रमा राखेर पार्टीका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सापकोटाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने बताउनुभयो। उहाँले विकास, सुशासन र समृद्धिका लागि जनतासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने धारणा राख्नुभयो।
रास्वपा कर्णाली प्रदेश महामन्त्री ललित चन्द, महाधिवेशन प्रतिनिधि केवल गिरीलगायतले पार्टीको नीति, विचार र सङ्गठन विस्तारका विषयमा मन्तव्य राख्नुभएको थियो।
पालिका सभापति गणेशबहादुर वलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पालिका सचिव कृष्णबहादुर खड्काले गर्नुभएको थियो। कार्यक्रममा पार्टीका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता थियो।
पालिका सचिव खड्काका अनुसार फारुलाचौरस्थित कार्यालयबाट पार्टीका नियमित कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय नागरिकसँग सम्पर्क र समन्वय गरिनेछ।
नेपाली कम्युनिस्ट पार्टी दार्माको समीक्षात्मक बैठक सम्पन्न
नेपाली कम्युनिस्ट पार्टी दार्मा गाउँ कमिटीको आयोजनामा फारुलाचौरमा समीक्षात्मक बैठक सम्पन्न भएको छ ।दार्मा गाउँपालिका अध्यक्ष दुर्गा मल्लको
कांग्रेस केन्द्रीय सदस्यमा शारदा नगरप्रमुख भण्डारीको उम्मेदवारी
सल्यान शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँले
एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भएको प्रचण्डको भनाइ
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा (मसाल)सँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको बताउनुभएको छ। नेकपा
प्रतिकृया दिनुहोस