एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भएको प्रचण्डको भनाइ
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र राष्ट्रिय जनमोर्चा (मसाल)सँग सहकार्य गरेर अघि बढ्ने समझदारी भएको बताउनुभएको छ।
नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले अन्य वामपन्थी तथा देशभक्त शक्तिसँग पनि सहकार्यका लागि छलफल भइरहेको जानकारी दिनुभयो।
“नेकपा एमाले र मसालसँग समन्वय गरेर जाने समझदारी नै गरिसकेका छौँ,” उहाँले भन्नुभयो, “अन्य देशभक्त र वामपन्थी शक्तिसँग पनि निरन्तर छलफल गरिरहेका छौँ।”
संयोजक दाहालले अन्तर्राष्ट्रिय क्षेत्रसँगको सहकार्यलाई समेत ध्यानमा राखेर आवश्यक पहल भइरहेको बताउनुभयो। उहाँले निर्वाचनपछि पनि नागरिकको जनजीवन सहज हुन नसकेको उल्लेख गर्दै संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको दाबी गर्नुभयो।
संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै उहाँले परिवर्तनका पक्षधर शक्तिबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
उहाँले संविधान, लोकतान्त्रिक गणतन्त्र र नागरिकका प्राप्त अधिकारमाथि भइरहेको प्रहारको सामना गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानमा सल्यानमा सापकोटा र पन्त
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्न लागेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सल्यानमा रमेशकुमार सापकोटा र बुद्धिप्रसाद पन्तलाई
सरकारको कार्यशैलीले जनआक्रोश बढाएको महाराज गुरुङको दाबी
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सरकारका
स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा रास्वपा
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका सबै स्थानीय तहमा अभियान सञ्चालन
प्रतिकृया दिनुहोस