• आइतबार ६-१८-२०८३/Sunday 10-04-2026

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानमा सल्यानमा सापकोटा र पन्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्न लागेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सल्यानमा रमेशकुमार सापकोटा र बुद्धिप्रसाद पन्तलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीले संगठन विस्तार तथा जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित यही असोज २० गतेदेखि देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको हो । अभियानअन्तर्गत पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी प्रदान गरिएको छ ।

रास्वपाले अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन जिल्लागत जिम्मेवारीसहितको तालिका सार्वजनिक गरेको छ । सोही तालिकाअनुसार सल्यानमा खटिएका सापकोटा र पन्तले जिल्लामा पुगेर अभियानको नेतृत्व गर्नेछन् ।

अभियानमार्फत पार्टीका केन्द्रीय नेता तथा सांसदहरू प्रत्यक्ष रूपमा जनतामाझ पुगेर स्थानीय नागरिकसँग भेटघाट, छलफल तथा अन्तरक्रिया गर्ने र पार्टीको संगठनात्मक गतिविधिलाई विस्तार गर्ने उद्देश्य राखिएको छ ।

रास्वपाले देशभरका विभिन्न जिल्लामा एकैसाथ अभियान सञ्चालन गरी पार्टीको संगठनलाई थप सक्रिय बनाउने र नागरिकका समस्या, गुनासा तथा सुझाव संकलन गर्ने लक्ष्य लिएको छ ।

अभियानका क्रममा जिल्लामा हुने कार्यक्रम, भेटघाट र संगठन विस्तारका गतिविधिले पार्टी र स्थानीय नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सरकारको कार्यशैलीले जनआक्रोश बढाएको महाराज गुरुङको दाबी

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सरकारका

स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा रास्वपा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका सबै स्थानीय तहमा अभियान सञ्चालन

सल्यान कांग्रेसको जिल्ला अधिवेशनमा ८९.८३ प्रतिशत मतदान

नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। कुल १ हजार ७९५ मतदातामध्ये १ हजार ६१३ जनाले मतदान गरेका छन्। निर्वाचन

↑