पहिरोले सल्यान–खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध
लगातारको वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा सल्यानको खलङ्गा–बालुवा–सङ्ग्रही सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् भने सवारीसाधन सञ्चालनमा समस्या भएको छ।
शुक्रबार दिउँसो ४ बजेपछि परेको वर्षासँगै बनगाड कुपिण्डे नगरपालिका–१० को ढोरपिपल, बालुवा र सङ्ग्रही तथा वडा नं. ८ को गाइदुवा आसपासका विभिन्न स्थानमा पहिरो खसेको स्थानीयले बताएका छन्।
सडक सञ्चालनमा ल्याउन नगरपालिकाले जेसीबी परिचालन गर्ने तयारी गरेको नगर प्रमुख कर्णबहादुर बुढाथोकीले बताउनुभयो। सडकका विभिन्न स्थानमा पहिरो खसेकाले अवरोध हटाएर यातायात सञ्चालन गर्न समय लाग्ने उहाँले जानकारी दिनुभयो।
कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा यात्रुलाई आवतजावतमा कठिनाइ भएको छ। बनगाड कुपिण्डे नगरपालिका–१० का वडाध्यक्ष वीरबहादुर बुढाले सडकका विभिन्न स्थानमा पहिरो खसेको बताउनुभयो।
सल्यानदेखि बालुवा–सङ्ग्रही बजारसम्म करिब २१ किलोमिटर सडक रहेको छ। सडक अवरुद्ध भएपछि यात्रु पैदल हिँडेर बालुवा–सङ्ग्रही बजार पुग्न बाध्य भएका छन्। यात्रु श्यामबहादुर सिंहले सडक अवरुद्ध भएपछि पैदल हिँडेर बजारसम्म आउनुपरेको बताउनुभयो।
पहिरोका कारण सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई सास्ती भएको छ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय फारुला, सल्यानले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जनज्योति माध्यमिक विद्यालय
बनगाड कुपिण्डेमा आँखा शिविर, ६० जनाको निःशुल्क शल्यक्रिया
सल्यानको पश्चिमी क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरबाट ६ सय ५० जनाले आँखा परीक्षण तथा उपचार सेवा लिएका
कपुरकोटमा स्मार्ट हुलाक सेवा सुरु
हुलाक सेवालाई डिजिटल, प्रविधिमैत्री र बहुउद्देश्यीय सार्वजनिक सेवा केन्द्रका रूपमा विकास गर्ने सरकारी योजनाअनुसार सल्यानको कपुरकोट
प्रतिकृया दिनुहोस