• आइतबार ६-१८-२०८३/Sunday 10-04-2026

सरकारको कार्यशैलीले जनआक्रोश बढाएको महाराज गुरुङको दाबी

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष महाराज गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति आलोचना गर्दै सरकारका गतिविधिले जनआक्रोश बढाएको दाबी गर्नुभएको छ । उहाँले सरकारको वर्तमान कार्यशैलीले निरन्तरता पाए सामाजिक तथा राजनीतिक रूपमा गम्भीर परिणाम आउन सक्ने चेतावनी दिनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल सल्यानको १२औँ जिल्ला अधिवेशनको शनिबार श्रीनगरमा उद्घाटन गर्दै अध्यक्ष गुरुङले प्रधानमन्त्री शाह युवालाई उत्तेजित बनाएर विद्रोहको वातावरण सिर्जना गर्दै सत्तामा पुगेको आरोप लगाउनुभयो । उहाँले सरकार सञ्चालनमा देखिएको कार्यशैलीले थप असन्तुष्टि र प्रतिरोधको अवस्था सिर्जना गर्न सक्ने बताउनुभयो ।

“बालेन्द्र शाह अराजकता मच्चाएर युवालाई भड्काउँदै विद्रोहको माध्यमबाट सत्तामा पुगेका छन्, त्यसको परिणाम गम्भीर हुन सक्छ,” उहाँले भन्नुभयो । सरकारप्रति जनताको असन्तुष्टि बढ्दै गए त्यसको असर राजनीतिक नेतृत्वसम्म पर्न सक्ने उहाँको भनाइ थियो ।

अध्यक्ष गुरुङले सरकारले कानुनी प्रक्रिया पूरा नगरी व्यक्तिलाई नियन्त्रणमा लिने खालका गतिविधि गरेको आरोपसमेत लगाउनुभयो । यस्ता गतिविधिले समाजमा असन्तुष्टि र उत्तेजना बढाउन सक्ने भन्दै उहाँले एमाले तथा राष्ट्रिय युवा संघमा आबद्ध युवालाई संयमित भएर राजनीतिक गतिविधिमा सहभागी हुन आग्रह गर्नुभयो ।

सामाजिक सञ्जालमा गलत सूचना र भ्रम फैलिने क्रम बढेको उल्लेख गर्दै उहाँले युवालाई तथ्यमा आधारित भएर धारणा बनाउन आग्रह गर्नुभयो । सामाजिक सञ्जालमा आउने सूचनाको प्रभावमा परी उत्तेजित हुनुभन्दा सत्यतथ्य पहिचान गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

नयाँ पुस्ताको जोश, सिर्जनशीलता र ऊर्जालाई पुरानो पुस्ताको अनुभवसँग जोड्न सके मात्रै समाजलाई सही दिशामा अघि बढाउन सकिने उहाँको भनाइ थियो । सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल तथा युवा संगठनहरू जिम्मेवार बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एमालेको इतिहास स्मरण गर्दै अध्यक्ष गुरुङले पार्टीले विभिन्न आरोह–अवरोह पार गर्दै वर्तमान अवस्था हासिल गरेको बताउनुभयो । देशको अस्तित्व, सामाजिक सद्भाव र नागरिकले सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द पुन, जिल्ला कमिटी उपाध्यक्ष ओजबहादुर बुढाथोकी, सचिव पुष्पा बोहरा, उपसचिव गणेशमान सिंह, युवा संघ कर्णाली प्रदेश इन्चार्ज पञ्चमी रेग्मी र प्रदेश अध्यक्ष जीवन शाही लगायतले युवालाई पार्टीको विचार, सिद्धान्त र संगठनप्रति प्रतिबद्ध बनाउँदै सामाजिक रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

रास्वपाको ‘हामी आउँदै छौँ’ अभियानमा सल्यानमा सापकोटा र पन्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्न लागेको ‘हामी आउँदै छौँ’ अभियानअन्तर्गत सल्यानमा रमेशकुमार सापकोटा र बुद्धिप्रसाद पन्तलाई

स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा रास्वपा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका सबै स्थानीय तहमा अभियान सञ्चालन

सल्यान कांग्रेसको जिल्ला अधिवेशनमा ८९.८३ प्रतिशत मतदान

नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। कुल १ हजार ७९५ मतदातामध्ये १ हजार ६१३ जनाले मतदान गरेका छन्। निर्वाचन

↑