बाढीपीडितका लागि सुर्खेतका उद्यमी दम्पतीद्वारा ११ लाख सहयोग
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सुर्खेतका उद्यमी दम्पतीले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
सुर्खेतका उद्यमी दीपक बुढाक्षेत्री र हिमाकुमारी उपाध्यायले पुरस्कार तथा सम्मानबाट प्राप्त रकम र आफूले सञ्चालन गर्दै आएका विभिन्न व्यवसायबाट आर्जित रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो ।
उद्यमी बुढाक्षेत्रीका अनुसार बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी उक्त रकम सहयोगस्वरूप हस्तान्तरण गरिएको हो । उहाँहरूले नेपाल सरकारबाट विभिन्न समयमा प्राप्त पुरस्कार तथा सम्मानको रकमसमेत विपद् प्रभावितका लागि सहयोग गर्नुभएको छ ।
राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८, राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कार २०८०, राष्ट्रिय युवा प्रतिभा सम्मान २०८१ र उत्कृष्ट महिला उद्यमी सम्मान २०८२ बाट प्राप्त एक–एक लाख रुपैयाँ गरी चार लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको छ ।
त्यसैगरी भवानी छापाखाना सुर्खेतबाट तीन लाख ११ हजार १११ रुपैयाँ तथा गंगामाला ट्राभल्स एन्ड टुर्स प्रालि, युगआह्वान दैनिक/अल्फा कम्युनिकेसन कर्नर, रारा प्रिन्टिङ प्रेस प्रालि र एस मल्टि बिजनेस प्रालिबाट एक–एक लाख रुपैयाँ सहयोग गरिएको बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
उहाँहरूका अनुसार राष्ट्रिय वाणिज्य बैंक र कनेक्टआईपीएसमार्फत विभिन्न पटकमा रकम जम्मा गरिएको छ भने फोनपेमार्फत पनि दुई लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ । रकम जम्मा गरेको भुक्तानी विवरणसमेत अर्थमन्त्रीसमक्ष बुझाइएको छ ।
राहत सहयोगसँगै उद्यमी दम्पतीले अर्थमन्त्री वाग्लेसमक्ष कर्णाली प्रदेशमा औद्योगिक तथा पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने सुझावसमेत दिनुभएको छ । उहाँहरूले औद्योगिक क्षेत्रका उद्योग तथा प्रतिष्ठानलाई परियोजना बैंकमार्फत ऋण लगानी गर्न स्पष्ट कार्यविधि बनाउनुपर्ने, महिला उद्यमशीलता विकास कोषबाट परिचालित कर्जाको सीमा एक करोड रुपैयाँ पुर्याउनुपर्ने र लगानीमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने सुझाव दिनुभएको हो ।
उहाँहरूले कर्णालीमा उद्यमशीलता प्रवर्द्धन, उद्योग विस्तार र पूर्वाधार विकासका लागि सहुलियतपूर्ण कर्जा तथा लगानीका अवसर बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
सल्यानका सडकमा रात्रि बस सञ्चालन रोक
वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि सल्यानका जोखिमयुक्त सडकमा रात्रिबस सञ्चालनमा रोक लगाइएको छ । असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग
निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार
राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग
प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको
प्रतिकृया दिनुहोस