• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026

सल्यान कांग्रेसको जिल्ला अधिवेशनमा ८९.८३ प्रतिशत मतदान

नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ। कुल १ हजार ७९५ मतदातामध्ये १ हजार ६१३ जनाले मतदान गरेका छन्। निर्वाचन समितिका अनुसार यो कुल मतदाताको ८९.८३ प्रतिशत हो।

जिल्ला अधिवेशनका लागि दुई वटा मतदान केन्द्र तोकिएको थियो। पहिलो मतदान केन्द्रमा ७७४ मत खसेको छ। त्यसमध्ये १५५ महिला र ६१९ पुरुषले मतदान गरेका छन्। यस्तै, दोस्रो मतदान केन्द्रमा ८३९ मत खसेको छ। त्यहाँ १९४ महिला र ६४५ पुरुषले मतदान गरेका छन्।

दुवै केन्द्रको विवरणअनुसार मतदान गर्नेमा ३४९ महिला र १ हजार २६४ पुरुष रहेका छन्। कुल मतदातामध्ये १८२ जना मतदानमा सहभागी भएनन्।

मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत धीरेन्द्र सापकोटाले बताउनुभयो। उहाँका अनुसार मतदान सकिएसँगै मतगणनाको तयारी अघि बढाइएको छ।

नेपाली कांग्रेसको जिल्ला नेतृत्व चयनका लागि भएको अधिवेशनमा सभापतिसहित विभिन्न पदमा उम्मेदवारी परेको छ। मतगणनापछि अधिवेशनबाट निर्वाचित हुने जिल्ला नेतृत्वको टुङ्गो लाग्नेछ।

प्रतिकृया दिनुहोस

स्थानीय तह निर्वाचन केन्द्रित अभियानमा रास्वपा

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका सबै स्थानीय तहमा अभियान सञ्चालन

रास्वपा सल्यानको सभापतिमा प्रकाश नेपाली सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको प्रथम जिल्ला अधिवेशनले प्रकाश नेपालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित

सिद्धकुमाखमा रास्वपाको पालिका अधिवेशन सम्पन्न, वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धकुमाख गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वीरबहादुर बुढाथोकीको सभापतित्वमा १५

↑