• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

सिद्धकुमाखमा रास्वपाको पालिका अधिवेशन सम्पन्न, वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धकुमाख गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वीरबहादुर बुढाथोकीको सभापतित्वमा १५ सदस्यीय पालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित समितिको उपसभापतिमा डिल्ली बोहरा, सचिवमा हिरा सी. बोहरा, सहसचिवमा टेकबहादुर चलाउने तथा कोषाध्यक्षमा सङ्गीता बुढाथोकी चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा वीरबहादुर कामी, खुमलाल रोका, चित्रबहादुर चलाउने, पोष्कर बुढाथोकी, डम्बरबहादुर बुढाथोकी, खिमबहादुर बुढाथोकी, दिलबहादुर बुढाथोकी, आशिष बुढाथोकी, सन्तोष बोहरा र कृष्णा परियार चयन हुनुभएको छ।

अधिवेशनमा रास्वपाका मानव विकास प्रवर्द्धन विभागका उपप्रमुख पवनराज देवकोटा, रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्द, रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपाली तथा नेताहरू केवल गिरी, हरि केसी, समीर न्यौपाने र श्रीकान्त राईलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहितामूलक राजनीतिक संस्कृतिको आवश्यकता रहेको औँल्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी जनअपेक्षा र परिवर्तनको वाहक शक्तिका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँहरूले संगठन विस्तारलाई तीव्र बनाउँदै जनताका समस्या र सरोकारका विषयलाई प्रभावकारी रूपमा उठान गर्न कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो।

रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपालीले सिद्धकुमाखमा पार्टी संगठनको विस्तारले जिल्लामा संगठन निर्माण अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पार्टीको मूल उद्देश्य जनतामा आधारित उत्तरदायी शासन प्रणालीको स्थापना र सुशासनको प्रत्याभूति गराउनु रहेको बताउनुभयो।

नवनिर्वाचित सभापति वीरबहादुर बुढाथोकीले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै गाउँपालिकाभित्र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जनताका समस्या, विकास र सुशासनका मुद्दामा सक्रियतापूर्वक काम गर्ने बताउनुभयो।

अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा सहभागी नेताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

प्रतिकृया दिनुहोस

रास्वपा सल्यानको सभापतिमा प्रकाश नेपाली सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको प्रथम जिल्ला अधिवेशनले प्रकाश नेपालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित

कालिमाटी गाउँपालिकामा रास्वपाको प्रथम अधिवेशन सम्पन्न, बिमल केसी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिमाटी गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बिमल केसीको नेतृत्वमा १५ सदस्यीय

रास्वपा कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, वेदबहादुर वली सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन कपुरकोटमा सम्पन्न भएको छ। अधिवेशनले वेदबहादुर वलीको नेतृत्वमा नयाँ