• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

रास्वपा कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न, वेदबहादुर वली सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन कपुरकोटमा सम्पन्न भएको छ। अधिवेशनले वेदबहादुर वलीको नेतृत्वमा नयाँ गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित समितिको उपसभापतिमा कासीराम रेउले, सचिवमा चुडामणि पुन, सहसचिवमा झरणा विक तथा कोषाध्यक्षमा कमला बिसी चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा कृष्णबहादुर डाँगी, मेघराज बुढाथोकी, लक्ष्मी खड्का, पुरुषोत्तम परियार, बालकृष्ण खड्का, विकास साहु, गोकर्ण भण्डारी तथा सुशील भण्डारी चयन हुनुभएको छ।

अधिवेशनले विभिन्न विभागसमेत गठन गरेको छ। संगठन विभाग प्रमुखमा टिकाराम बोहरा र उपप्रमुखमा मित्रलाल खड्का चयन हुनुभएको छ। आरएटी विभाग प्रमुखमा भीमराज केसी तथा उपप्रमुखमा गोपाल बोहरा चयन हुनुभएको छ। विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुखको जिम्मेवारी पुरुषोत्तम परियारलाई दिइएको छ।

अधिवेशनको उद्घाटन तथा विशेष कार्यक्रममा रास्वपाका मानव विकास प्रवर्द्धन विभागका उपप्रमुख पवनराज देवकोटा, रास्वपा सल्यानका जिल्ला सभापति प्रकाश नेपाली लगायतका नेताहरूले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले वैकल्पिक राजनीतिक शक्तिका रूपमा रास्वपाले जनताको आशा र भरोसा जित्दै गएको उल्लेख गर्दै संगठनलाई वडा तथा टोलस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सुशासन, पारदर्शिता, जवाफदेहिता र जनमुखी राजनीतिमार्फत नागरिकको विश्वासलाई अझ बलियो बनाउन आग्रह गरेका थिए।

नवनिर्वाचित सभापति वेदबहादुर वलीले गाउँपालिकाभित्र पार्टी संगठनलाई सुदृढ बनाउँदै जनताका मुद्दा उठान गर्ने, सुशासनको पक्षमा आवाज बुलन्द गर्ने तथा रास्वपाको नीति र कार्यक्रमलाई घरदैलोसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रास्वपाले सल्यानका विभिन्न स्थानीय तहमा संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेको र कपुरकोटमा नयाँ समिति गठनसँगै जिल्लाभर पार्टीको संगठनात्मक संरचना थप मजबुत बन्दै गएको जनाएको छ।

प्रतिकृया दिनुहोस

रास्वपा सल्यानको सभापतिमा प्रकाश नेपाली सर्वसम्मत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सल्यानको प्रथम जिल्ला अधिवेशनले प्रकाश नेपालीको सभापतित्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित

सिद्धकुमाखमा रास्वपाको पालिका अधिवेशन सम्पन्न, वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धकुमाख गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले वीरबहादुर बुढाथोकीको सभापतित्वमा १५

कालिमाटी गाउँपालिकामा रास्वपाको प्रथम अधिवेशन सम्पन्न, बिमल केसी सभापतिमा निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिमाटी गाउँपालिकाको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले बिमल केसीको नेतृत्वमा १५ सदस्यीय