• शुक्रबार ४-२९-२०८३/Friday 08-14-2026

सल्यान जिप दुर्घटना अपडेट: भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो

भेरी नदीमा जिप खस्दा गाडीसहित बेपत्ता भएका दुई जनाको पहिचान खुलेको छ। पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डबाट बोलेरो जिप भेरी नदीमा खस्दा बेपत्ता भएका दुवै जनाको पहिचान खुलेको हो।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बेपत्ता हुनेमा चालक दाङ निवासी करिब २३ वर्षीय हेमराज वि.सी. र जिपमा सवार सल्यानको सिद्धकुमाख गाउँपालिका–४ निवासी करिब ४३ वर्षीय खलबहादुर राना रहनुभएको छ। घाइतेबाट प्राप्त विवरणका आधारमा उहाँको पहिचान खुलेको प्रहरीले जनाएको छ। यद्यपि बेपत्ता दुवै जनाको अवस्था भने अझै अज्ञात छ।

बुधबार दिउँसो करिब २ बजे बालुवासङ्ग्राहीबाट सल्लिबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल भेरी नदीमा खसेको थियो। जिपमा चालकसहित चार जना सवार थिए।

दुर्घटनामा परी घाइते भएका वनगाड कुपिण्डे नगरपालिका–१ आँपखोली निवासी २९ वर्षीय प्रेम विक र २१ वर्षीय खुमलाल बुढाथोकीको सल्ली सिटी अस्पताल, सल्लिबजारमा उपचार भइरहेको छ। विकको नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको छ भने बुढाथोकीको देब्रे खुट्टामा चोट लागेको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिपसहित भेरी नदीमा बेपत्ता भएका चालक वि.सी. र यात्रु रानाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा खटिएको छ।

इलाका प्रहरी कार्यालय देवस्थल, प्रहरी चौकी वनगाड, इलाका प्रहरी कार्यालय रागेचौर तथा जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी नायब उपरीक्षक दीपक पातलीको कमान्डमा ३० जनाको नेपाल प्रहरी टोली खोजी तथा उद्धारमा खटिएको छ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर सल्यानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपकराज गुरुङको कमान्डमा ११ जनाको टोलीसमेत घटनास्थलमा परिचालित छ। बेपत्ता दुवै जना र जिपको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस

One hundred kilometers of road to be blacktopped in five years

Rural roads connecting the district’s municipalities and wards are being blacktopped at a rapid pace. The district-based Infrastructure Development Office, the Dang Road Division, and the Urban Development Program have begun blacktopping rural roads in earnest. Over the past five years, 68 kilometers of road have been blacktopped by the Infrastructure Development Office, 22 kilometers

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा कल्याणकारी अपाङ सेवा संघलाई भाँडावर्तनका सामग्री सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, सल्यान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कल्याणकारी अपाङ सेवा संघ, सल्यानलाई

हराउँदै गएको चिठी संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने प्रयास

आधुनिक सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै परम्परागत चिठी लेखन संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यसको संरक्षण तथा विद्यार्थीमा