• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

हराउँदै गएको चिठी संस्कृतिलाई नयाँ पुस्तासँग जोड्ने प्रयास

आधुनिक सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै परम्परागत चिठी लेखन संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा यसको संरक्षण तथा विद्यार्थीमा सिर्जनात्मक लेखन क्षमताको विकास गर्ने उद्देश्यले सल्यानमा पत्र लेखन प्रतियोगिता सम्पन्न गरिएको छ।

जिल्ला हुलाक कार्यालय सल्यानको आयोजनामा कपुरकोट गाउँपालिका–४, किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बिहीबार पत्र लेखन प्रतियोगिता तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।

प्रतियोगितामा विद्यार्थीहरूले मोबाइल, इमेल र सामाजिक सञ्जालको प्रयोगभन्दा फरक अनुभव गर्दै हातैले पत्र लेखेर आफ्ना भावना, विचार र सिर्जनशीलतालाई कागजमा अभिव्यक्त गरेका थिए। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीलाई हस्तलेखन, भाषिक अभिव्यक्ति र साहित्यिक सिर्जनातर्फ आकर्षित गर्ने उद्देश्य राखेको थियो।

प्रतियोगितामा कक्षा १० की विनिता राना प्रथम, कक्षा १२ की पूजा बस्नेत द्वितीय तथा कक्षा १२ की हेमा बस्नेत तृतीय भएकी छन्। त्यसैगरी कक्षा ८ की मेनिशा सेन र कक्षा १२ की करिना महतरा सान्त्वना पुरस्कारबाट सम्मानित भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामणि रेग्मीले प्रविधिले सूचना आदान–प्रदानलाई सहज बनाए पनि चिठीमा व्यक्त हुने आत्मीयता, संवेदना र भाषिक सौन्दर्यको विकल्प हुन नसक्ने बताउनुभयो। उहाँले विद्यार्थीमा नेपाली भाषाप्रतिको लगाव, सिर्जनशीलता र लेखन संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिइने जानकारी दिनुभयो।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सहभागीहरूले डिजिटल युगमा हस्तलेखन र पत्र लेखन संस्कृतिको महत्व झनै बढ्दै गएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीमा भाषा, साहित्य र रचनात्मक लेखनप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै नेपाली चिठी लेखन परम्पराको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा कल्याणकारी अपाङ सेवा संघलाई भाँडावर्तनका सामग्री सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, सल्यान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कल्याणकारी अपाङ सेवा संघ, सल्यानलाई

शारदा नगरपालिकामा चार अत्याधुनिक “स्मार्ट शौचालय” सञ्चालनमा

सल्यानको शारदा नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा चारवटा अत्याधुनिक “स्मार्ट शौचालय” सञ्चालनमा ल्याएको छ। सार्वजनिक शौचालयलाई सफा,

घना जंगलबीच ४५ वर्षदेखि टहरोमा जीवन : सुरक्षित घरको पर्खाइमा सार्की परिवार

सल्यान–सुर्खेत सिमानाको घना जंगलमा कालिमाटी गाउँपालिका–७, वनगाउँका जितबहादुर सार्कीको परिवार विगत चार दशकदेखि असुरक्षित टहरोमा बसोबास गर्दै