दार्मा गाउँपालिकामा खानेपानी आयोजनाको तेस्रो सामाजिक परीक्षण सम्पन्न
सल्यान, दार्मा गाउँपालिका–५ मा सञ्चालित ब्रहाखोला स्यालदुले पातीहाल्न साङ्ट खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाको तेस्रो सामाजिक परीक्षण तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ।
दार्मा गाउँपालिका र सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (SUSWA) को साझेदारीमा सञ्चालित उक्त आयोजनाबाट ७१ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्। सामाजिक परीक्षण कार्यक्रममा आयोजनाको आर्थिक, भौतिक तथा वित्तीय प्रगतिबारे जानकारी प्रस्तुत गरिएको थियो। साथै आयोजनाको पारदर्शिता, उत्तरदायित्व तथा दिगोपनाका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी, उपाध्यक्ष जुना मल्ल चन्द, SUSWA/PSU (प्रोजेक्ट सपोर्ट युनिट) का क्वालिटी कन्ट्रोल अफिसर, वास (WASH) सल्लाहकार, गाउँपालिकाका इन्जिनियर तथा कर्मचारी, वास इकाईका कर्मचारी, पत्रकार, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय उपभोक्ताको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा आयोजनाको स्थलगत अनुगमनसमेत गरिएको थियो। सहभागीहरूले आयोजनाको निर्माण तथा सञ्चालनले स्थानीय नागरिकलाई स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवामा पहुँच पुर्याएको उल्लेख गर्दै यसको संरक्षण, नियमित मर्मतसम्भार र प्रभावकारी व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए।
आयोजनाले स्थानीय समुदायमा स्वच्छ खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको बताइएको छ।
काल्चे स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी पारस्परिक अवलोकन सम्पन्न
स्वास्थ्य सेवा कार्यालय सल्यानले स्वास्थ्य चौकीको न्यूनतम सेवा मापदण्ड (एचपी–एमएसएस) सम्बन्धी समीक्षा, अनुगमन, पारस्परिक अवलोकन तथा सुदृढीकरण
दार्मामा पूर्ण सरसफाइ उन्मुख टोल घोषणा
सल्यानको दार्मा गाउँपालिकाले पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता
अन्तर्राष्ट्रिय योग दिवस : ‘योग भन्नेभन्दा गर्ने कुरा हो’
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सल्यानमा आयोजित कार्यक्रममा वक्ताहरूले योगलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा अपनाउनुपर्नेमा जोड दिएका
प्रतिकृया दिनुहोस