• सोमबार २-७-२०८१/Monday 05-20-2024

दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन 

बैशाख १३, सल्यान 
भुकम्प बाट प्रभावित दार्मा गाउँपालिका सल्यानमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यान र दार्मा गाउँपालिकाको समन्वयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । पालिकाका ६ वटै वडाका नागरिकलाई केन्द्रमा राखेर बिशेषज्ञ सहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले जनाएको छ । 
भुकम्प प्रभावित समुदायका नागरिकलाई देखिएको स्वास्थ्य समस्या निराकरण गर्न र स्थानिय स्तरमै सेवा दिने उदेश्यले बिशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका जिल्ला कार्यक्रम संयोजक जगत तामाङले बताउनु भयो  । उहाँका अनुसार शिविरमा ओ पि डी सेवा, भिडियो एक्सरे सेवा, महिला तथा बालबालिका तथा वृद्धहरुको चेक जाँच, उपचार तथा परामर्श सेवा, मनोसामाजिक परामर्श सेवा निशुल्क औषधी वितरण लगायत सेवा दिईने छ । 
रेडक्रस महासंघ आइ एफ आर सिको प्राबिधिक सहयोग र क्यानोडिएनका आर्थिक सहयोगमा सञ्चालन भएको शिविरमा उपचारको लागि रेडक्रसको टोली सहित १७ जना चिकित्सक सहितको टोली खटिएको बताउनु भयो । यस्तै शिविरमा स्त्रीरोग सम्बन्धी पनि सेवा दिइरहेको बताउनु भयो । शिविरको उद्धघाटन गर्दै दार्मा गाउँपालिकाका उपाध्यक्ष जुना मल्ल चन्दले भुकम्प बाट प्रभावित भएका नागरिकका लागि निशुल्क स्वास्थ्य शिविरले धेरै राहात हुने बताउनु भयो । भुकम्प पछि समुदायमा धेरै स्वास्थ्य समस्या देखिएकाले निशुल्क स्वास्थ्य शिविरमा उपस्थित भएर सबैले लाभ लिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापती यौवन प्रकाश श्रेष्ठले भुकम्प पिडतको समस्यालाई मध्यनजर गर्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताउनु भयो । बिगतका दिनमा पनि रेडक्रसले सहयोग गर्दै आइरहेकाले विपदको समयमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । स्वास्थ्य शिविर तिन दिन सम्म चल्ने छ । 
 

प्रतिकृया दिनुहोस

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२