• सोमबार २-७-२०८१/Monday 05-20-2024

सल्यानमा हत्या आरोपमा ११ जना पक्राउ

बैशाख १३, सल्यान 
सल्यानका विकास ओलीको हत्या आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । गएको मंगलबार राति कुमाख गाउँपालिका–५ काल्चेमा विवाहको भोज खाएर फर्किने क्रममा वडा नं ६ बडागाउँका २१ वर्षीय बिकास ओलीलाई कुटपिट गरी हत्या गरेको आरोपमा  प्रहरीले वडा नं. ५ का ११ जना युवाहरुलाई प्रहरीले बिहीबार आज पक्राउ गरेको हो । 
पक्राउ पर्नेमा कुमाख गाउँपालिका– ५ का वर्ष १८ का भरत बुढाथोकी, वर्ष २० का मानसिंह कुमाई, वर्ष १८ का सन्तोष कुमाई, वर्ष १८ का हेमन्त थापा, वर्ष १८ का बिमल कुमाई, हेमन्त बुढाथोकी, टिकाराम थापा, दण्डविर कुमाई, मनविर कुमाई, लोकन्द्र थापा र झलक कुमाई रहेका छन् ।
पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अहिले जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखिएको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
उनका अनुसार मंगलबार बेलुकी स्थानीयको बिहेमा नाँचगान गर्ने क्रममा मानसिह कुमाई, भरत बुढाथोकी लगायतका युवाले घरमा सजाइएका ध्वजापताका च्याति अश्लिल शब्द प्रयोग गरी हल्ला गरिरहेको बेला निज विकास ओलीले सम्झाई बुझाई गर्दा विवाद भएको र भोज खाएर फर्किँदा घरदेखि करिब एक किलोमिटरको टाढा पर्ने स्थानमा भरत बुढाथोकी, मानसिंह कुमाई लगायतका युवाले मंगलबार राति करिब ९ बजेतिर ओलीसहित वर्ष १८ का शुसिल केसी र वर्ष २८ का मदन केसीलाई कुटपिट गरेका थिए ।ओलीको उपचारका लागि ज्यान गएको थियो । अन्य दुई जनाको भने मिसन अस्पताल चौरजहारीमै उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

बबई नदिमा डुबेर सल्यानको  दुई जनाको मृत्यु 

जेष्ठ ६, सल्यान  बबई नदीमा डुबेर सल्यानमा दुई जनाको मृत्यु भएको छ ।  बबई नदिमा माछा मार्न गएका जिल्लाको कालिमाटी गाउँपालिका–७ थरिटोलका ३६ वर्षीय

बेसहारा बनेका बालबालिकालाई दार्मा गाउँपालिकाले सहयोग गर्ने 

जेष्ठ २, सल्यान   सल्यानको दार्मा गाउँपालिकाले बुबा आमाको मृत्यु भएर बेसहारा बनेका बालबालिकालाई आर्थिक सहयोगको निर्णय गरेको छ । जिल्लाको बनगाड

सल्यानमा १३ दिनकी सुत्केरी श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्माहत्या

जेष्ठ १, सल्यान  सल्यानमा १३ दिने सुत्केरी श्रीमतीको हत्या गरि श्रीमानले आत्माहत्या गरेका छन । जिल्लाको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२